मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमण : सुनसरीमा सबैभन्दा बढी
सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २० गतेबाट आयोगले अध्ययन थालेको थियो ।
आयोगका अध्यक्ष तथा विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईका अनुसार मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमित छ । सुनसरीमा सबैभन्दा बढी छ भने काठमाडौँ, भक्तपुर र ललितपुरमा पनि सरकारी सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको छ । आयोगले सरकारलाई ३३ वटा बेग्लाबेग्लै प्रतिवेदन बुझाएको छ ।
विगतमा कर्मचारी अवकाश हुँदा वा कार्यालयबाट सरुवा हुँदा गर्नुपर्ने कागजात र अभिलेखको बरबुझारथ गर्ने परिपाटी हाल नभएकाले जग्गा अतिक्रमणमा पर्दै गएको तथा अभिलेख साबिकअनुसार दुरुस्त नपाइने गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा बरबुझारथ प्रणालीलाई कायम राख्न आयोगले सरकारलाई सुझाव दिएको छ ।
मिचिएका बाहेक सरकारले अधिग्रहण गर्दा मुआब्जा वितरण गरिएको नगरिएकोबारे आयोगलाई उजुरी परे पनि कमलपोखरीको उत्तरी सीमाको विषयमा कुनै उजुरी परेन । गुठी संस्थानका अनुसार सो पोखरीको ४८ रोपनीमध्ये करिब चार रोपनी जग्गा अतिक्रमणमा परेको छ । मौजे पशुपति अभिलेख रहेको २३४ रोपनी जग्गाको विषय पनि आयोगले उठाएको छैन । यो जग्गा पशुपति क्षेत्र विकास कोषले आफ्नै तर्फबाट छानबिन गरिरहेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु