शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केकी अभिनित ‘सुनसान मन’ चर्चामा

बुधबार, १९ फागुन २०७७, १० : ५४
बुधबार, १९ फागुन २०७७

काठमाडौँ । गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ अहिले चर्चामा छ । राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको गीतले दिन प्रतिदिन चर्चा कमाउन सफल भएको गायिका शाक्यले बताइन् ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । केकी भिडियोमा निकै फरक तवरले प्रस्तुत भएकी छन् । 

कोरोनाको कहरमा अग्रपङ्तिमा काम भर्ने स्वस्थ्यकर्मीको कथा व्यक्त गरेको गीत माथि भिडियो निर्माण गर्ने काम भने फिल्मका निर्देशक मदन घिमिरेले गरेका हुन् । भिडियोमा केकीले अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मीको जिम्बेवारी र उनको मनका भावना अभिनय मार्फत ब्यक्त गरेकी छन् ।

थुपै्र फिल्म निर्देशक गरेका घिमिरे पछिल्लो समय भिडियो निर्देशनमा  समेत ब्यस्त रहदै आएका छन् । गीतकार, चलचित्र निर्माता समेत रहेका घिमिरे उद्योग वाणिज्य महासंघका सदस्य पनि हुन् ।
काठमाडौं, धुलिखेल, दोलालघाट लगायतका स्थानमा छायाँकन भएको भिडियोमा रामेश्वर हुमागाईं छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।

गीतको भिडियोमा महामारीको समयमा जिम्मेवारी निर्वाह गर्न खटिने स्वास्थ्यकर्मीको बिभिन्न पाटोहरू केकीको अभिनय मार्फत बुझाउने प्रयास आफूले गरेको निर्देशक घिमिरेले बताए । ‘गीतको भिडियो निर्माणमा धेरै मिहिनेत भएको थियो’ घिमिरेले भने ‘अहिले चर्चा पाएको देख्दा खुसी लाग्यो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप