शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातभरिसम्म एउटा दलको नेता भोलि बिहान फ्याट्ट अर्को दलको माथिल्लो नेता कसरी बन्छ ?

नेताहरुले आफ्नो निजी जिन्दगी कसरी चलेको छ ? सार्वजनिक गरिदिनुस् : विनोद लोहनी
बुधबार, १९ फागुन २०७७, १२ : १९
बुधबार, १९ फागुन २०७७

सबैभन्दा पहिले म अलिकति प्रतिटिप्पणी राख्छु । हामी मान्छेहरु भिन्नाभिन्नै छौँ । सबैका औँठाको छाप फरक छ, आँखाका चिन्हहरु फरक फरक छन् । तर हामी मान्छे एउटै पनि छौँ । हाम्रो जेनेटिक कोड हेर्ने हो भने ठूलो हिस्सा माछासँग मिल्छ ।

प्रणालीको कोषबाट कुरा गर्दा हाम्रा विशिष्ट दुःख पनि छन् । हाम्रा दुःखको एउटा हिस्सा संसारभरिकै मान्छेहरुको दुःख हो । त्यसो हुँदा राजनीतिक दलहरुले उपनिवेशीकरण लादेका छन् भन्ने कुरा चाहिँ पुनर्विचार गरिनुपर्ने कुरा हो जस्तो लाग्छ ।

हाम्रा राजनीतिक दलहरुमा केही समस्या छन् । यी समस्या फेरिएको परिस्थितिमा पैदा भएका समस्याहरु हुन् । यी समस्याको सानो अंश कुनै बेलामा सबलता थियो । उदाहरणका लागि एउटा कार्यकर्ता र नेताबीचको पहुँच अहिले असाध्यै घटेर गएको छ । जतिखेर अप्ठ्यारो बेला थियो, हाम्रा लगभग सबै राजनीतिक पार्टीहरु सैनिक सङ्गठन हुँदै आएका हुन् । सैन्य संरचना थियो, युद्धबाट आएका हुन् । काँग्रेस पनि त्यही बाटोबाट आएको हो, कम्युनिस्ट पार्टीहरु पनि त्यही बाटोबाट आएका हुन् । यो सबलता थियो, जसले हाम्रो आन्दोलनलाई जोगायो ।

हाम्रा लगभग सबै राजनीतिक पार्टीहरु सैनिक सङ्गठन हुँदै आएका हुन् । सैन्य संरचना थियो, युद्धबाट आएका हुन् । काँग्रेस पनि त्यही बाटोबाट आएको हो, कम्युनिस्ट पार्टीहरु पनि त्यही बाटोबाट आएका हुन् । यो सबलता थियो, जसले हाम्रो आन्दोलनलाई जोगायो ।

लामो सङ्घर्षपछि अहिले राजनीतिक दलहरुमा समावेशीकरणको मुद्दा लागू भइसकेको छैन तर मुद्दाका रूपमा स्थापित छ । केही सबलताहरु पनि छन् । तर दुःखको कुरा कस्तो छ भने बदलिएको परिवेशमा हाम्रा कार्यशैली र प्रणाली फेर्न सकिएन । उदाहरणका लागि, म राजनीतिमा भर्खर भर्खर सुरु गर्दाखेरि मैले घनश्याम दाइलई चिनेको हुँ । शङ्करदेव क्याम्पसको विपरीततर्फको एउटा घाम नलाग्ने कोठामा बसेर रिभिजिटिङ मार्क्सिजम भन्ने एउटा कोर्स चल्दै थियो । त्यो भनेको वि.सं. ५८÷६० तिरको कुरा हो । तर अहिलेसम्म पार्टी फेरिएन ।

यो व्यवस्थामा दलहरुको कार्यशैली सुधार्नका लागि २/३ वटा काम सुरु गर्नुपर्छ होला । पहिलो, यो व्यवस्थामा हामीलाई राजनीतिक दल चाहिएको चुनाव लड्न हो । त्यसो हुँदा चुनावको प्रणालीमा पुनर्विचार नगर्ने हो भने राजनीतिक दलहरु यस्तै हुन्छन् । चुनावमा खर्च हुने पैसा, चुनावमा प्राप्त हुने टिकट, चुनावको चिन्ह लगायतका केही प्रणालीमा हामीले काम गर्नु पर्नेछ ।

कुराले मात्रै पार्टी नफेरिने रहेछ । त्यसो भए के गर्ने त ? नियमहरु राजनीतिक दलले फेरिहाल्छन् । आज एउटा बनायो, उसैको हातमा छ नियम । संविधानमै लेखेको कुरा त माने कि मानेनन् भन्ने झगडा चलिराख्या छ, नियम फेरिहाल्छन् । गर्ने के हो ?

मेरो विचारमा यो व्यवस्थामा दलहरुको कार्यशैली सुधार्नका लागि २/३ वटा काम सुरु गर्नुपर्छ होला । पहिलो, यो व्यवस्थामा हामीलाई राजनीतिक दल चाहिएको चुनाव लड्न हो । त्यसो हुँदा चुनावको प्रणालीमा पुनर्विचार नगर्ने हो भने राजनीतिक दलहरु यस्तै हुन्छन् । चुनावमा खर्च हुने पैसा, चुनावमा प्राप्त हुने टिकट, चुनावको चिन्ह लगायतका केही प्रणालीमा हामीले काम गर्नु पर्नेछ ।

यो चुनावमा गरिने खर्च र यो खर्च प्रणालीलाई कसरी पारदर्शी बनाउने ? म त घटाउने पनि भन्ने पक्षमा छैन । अहिलेको अवस्थामा तत्काल घटाउन सकिएला जस्तो मलाई लाग्दैन । कसरी पारदर्शी बनाउने भन्ने कोणबाट अलिकति सल्लाह गरौँ ।

मलाई के लाग्छ भने, उम्मेदवार जुन दलको भए पनि स्वतन्त्र स्वतन्त्र बनाइदिऊँ । पार्टीको नेताले भनेको नमानेपछि टिकट पाउँदैन । टिकट नपाएपछि उसको पोलिटिकल करियर सकिन्छ । त्यसपछि कसरी उसले पार्टीभित्र नेताको विरोध गर्न सक्छ ? एउटा लामो इतिहास नै के भइरहेको छ भने यसै पनि नेता हामीलाई देउताजस्तो लाग्ने भएको छ । अहिले पनि यसो बोल्यो, कहिले निर्वाचनको टिकटमा पालो फेर्नेे हो भन्ने थाहा छैन ।

पहिलो, निर्वाचन प्रणालीमा उम्मेदवारको ढाँचामा गरिनुपर्ने कामलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

दोस्रो, यो चुनावमा गरिने खर्च र यो खर्च प्रणालीलाई कसरी पारदर्शी बनाउने ? म त घटाउने पनि भन्ने पक्षमा छैन । अहिलेको अवस्थामा तत्काल घटाउन सकिएला जस्तो मलाई लाग्दैन । कसरी पारदर्शी बनाउने भन्ने कोणबाट अलिकति सल्लाह गरौँ ।

तेस्रो, सबै राजनीतिक दलमा मैले प्रेम गर्ने केही नेता छन् । प्रदीप गिरि हुनहुन्छ, घनश्याम दाइ हुनुहुन्छ, राम कार्की हुनुहुन्छ । शशी दिदी हुनुहुन्छ । मेरो अपेक्षा के हुन्छ भने उहाँहरुले आफ्नो निजी जिन्दगी कसरी चलाउनुभएको छ भन्ने चाहिँ सार्वजनिक गरिदिनुस् । अर्कोलाई दबाब सुरु हुन्छ ।

यस्ता केही सानासाना कामबाट सुधारको प्रक्रिया सुरु हुन्छ । अर्को गर्नुपर्ने कुरा, सदस्यता प्राप्तिको प्रणालीमा हामीले केही गम्भीरखाले सुधार गर्नुपर्नेछ । यस्तो कसरी हुन्छ ? आज रातभरीसम्म काँग्रेसको माथिल्लो तहको नेता बनिराखेको मान्छे भोलि बिहान हेर्दा फ्याट्ट अर्को दलको माथिल्लो तहको नेता भइसक्छ । के राजनीतिक दलहरुले कुनै विचारधारा –आइडिया) को पनि प्रतिनिधित्व गर्छ ? घोषणापत्रमा त गर्छु भन्छन् । त्यो पार्टीको कोही चुँक्क बोल्दैनन् । सदस्यताको यो ढाँचा रहँदासम्म हामी कतै पुग्दैनौँ । यो कुरा हामीले सुधार्नु पर्नेछ ।

यो राजनीतिक दलहरु रूपान्तरित भएर राम्रो होलान् भनी ठान्ने मान्छेमध्ये पर्दिनँ । यिनको दोषलाई कम गर्न सकिन्छ भनेर मात्रै ठान्ने मान्छेमा पर्छु । मेरो इच्छा के छ भने, भेँडाहरुलाई गोठालोले शासन गर्छ र भिक्षुलाई बुद्धले शासन गर्छ । हामी यस्तै छौँ, हाम्रा राजनीतिक दल यस्तै छन् । हामी यस्तै छौँ भनेको हाम्रो व्यवस्था यस्तै छ । यो व्यवस्था भत्काइदिने हो ।

यो सुधार ठ्याक्कै कसरी सुरु हुन्छ मलाई थाहा छैन । तर एक पटक कार्यकर्ताहरु कहाँ फर्काइदियो भने यो प्रक्रिया सुधार होला वा सुध्रिने दिशातिर जाला भन्ने ठान्छु ।

अन्तिममा म यो राजनीतिक दलहरु रूपान्तरित भएर राम्रो होलान् भनी ठान्ने मान्छेमध्ये पर्दिनँ । यिनको दोषलाई कम गर्न सकिन्छ भनेर मात्रै ठान्ने मान्छेमा पर्छु । मेरो इच्छा के छ भने, भेँडाहरुलाई गोठालोले शासन गर्छ र भिक्षुलाई बुद्धले शासन गर्छ । हामी यस्तै छौँ, हाम्रा राजनीतिक दल यस्तै छन् । हामी यस्तै छौँ भनेको हाम्रो व्यवस्था यस्तै छ । यो व्यवस्था भत्काइदिने हो । यो व्यवस्था भत्काउने प्रक्रिया सम्पत्तिको बाँडफाँट र उत्पादनका साधनहरुको बाँडफाँटमा गरिने कामबाट सुरु हुनुपर्छ ।

यो दलतन्त्रभित्र सम्भव छैन । यो त्यहाँभन्दा बाहिरबाट खोजिनुपर्छ । कम्तीमा दलभित्रबाटै खोज्दा पनि यो व्यवस्थाभन्दा बाहिर रहेका दलहरुबाट खोजिनुपर्छ भनेर ठान्नेमध्ये म छु । आज यही व्यवस्था छ र यही व्यवस्थाले शासन गरिरहेको छ । यसलाईसुधार्न, यसका दोषहरुलाई कम गर्न यस्ता छलफल अझै धेरै गरिनुपर्छ, अझ खुला रूपमा गरिनुपर्छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप