मोदी सरकारको विरोध गर्ने तापसी पन्नू र अनुराग कश्यपको घरमा अधिकारीको छापा
मुम्बईमा बलिउडका केही ठूला हस्तीको घरमा बुधबार आयकर विभागले छापा मारेको छ । यसमा नायिका तापसी पन्नू, निर्माता अनुराग कश्यप, विकास बहल र मधु मनटेना संलग्न छन् । उनीहरुमाथि कर छलीको आरोप छ । शहरमा २२ स्थानमा कारवाही गरिँदैछ । स्रोतबाट प्राप्त जानकारीका अनुसार यो छापामारी फ्यान्टम फिल्म्ससँग सम्बन्धित छ । भारतीय सञ्चार माध्यमको अनुसार जसमाथि कारवाही गरिँदैछ, उनीहरु मोदी सरकारका विरोधी हुन् र यो एउटा संयोग नै हो ।
अनुसन्धानको दायरा बढ्नसक्छः
मधु मंटेनाको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानको कार्यालयमा पनि आयकर अधिकारी पुगेका छन् । यी सबै फ्यान्टम फिल्म्ससँग सम्बन्धित छन् । आयकर विभागलाई फ्यान्टम फिल्म्स कम्पनीको कामकाज र लेनदेनमा गडबडी छ कि भन्ने शंका छ । छापामारीमा भेटिएको दस्तावेज र प्रमाणको आधारमा पनि अनुसन्धानको दायरा बढ्न सक्छ । यसमा अन्य थुप्रै वरिष्ठ मानिसहरुको पनि संलग्नता रहन सक्छ ।
फ्यान्टम फिल्म्स कम्पनी सन् २०१८ मा बन्द भइसकेको छः
फ्यान्टम फिल्म्स कम्पनीलाई अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मंटेना र विकास बहलले सन् २०१० मा लञ्च गरेका थिए । सन् २०१८ मा विकास बहलमाथि यौन शोषणको आरोप लागेपछि कम्पनी बन्द गरिएको थियो । त्यसपछि यी चारैजना पार्टनर अलग भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’