शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

बुधबार, १९ फागुन २०७७, १४ : १३
बुधबार, १९ फागुन २०७७

होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको यो स्मार्ट फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो भएको एचएमडी ग्लोबलका हेड अफ पान एसियाका रवि कुँवरले बताए । 

नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एपको साथ आउने भन्दै उनले जुन परिवारलाई वर्तमान अवस्थाको बीचमा जडित रहन मद्दत गर्ने बताए । 
गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्ने उनले बताए । 

 ‘क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिंग क्यामेराको शक्तिशाली संयोजनले परिवारको अनमोल यादहरूलाई आश्चर्यजनक बोकेह पाट्रेट र कम–प्रकाश सुन्दर शटहरूमा खिच्दछ । ब्लर पृष्ठभूमिमा प्रोफेशनल फोटोहरू खिच्न पाट्र्रेट मोडको साथ बहुमूल्य पारिवारिक क्षणहरू क्याप्चर गर्नुहोस् । र, कलर रिच तथा र क्रिप्स कम–प्रकाश शटहरू लिन फ्ल्याशको आवश्यकता बिना नै नाइट मोड प्रयोग गर्नुहोस् । सहयोगी स्टोरेज सूचकहरूले स्पेसको सबै चिन्ताहरु ह्टाउछ ताकि तपाईं स्न्यापलाई जारी राख्न सक्नुहुन्छ’, कम्पनीले भनेको छ ।  

२जीबी/३२जीबी, र्याम र रोममा उपलब्ध यो मोबाइलको मूल्य १२,८९९ तोकिएको छ भने ग्रे र पर्पल  डस्क कलर भेरियन्टमा उपलब्ध हुनेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप