शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल पक्षको कारबाहीपछि विशाल भट्टराईको प्रतिक्रियाः डेरावालले घरबेटीलाई निकाल्ने ?

बुधबार, १९ फागुन २०७७, २३ : ४२
बुधबार, १९ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले ओली पक्षका नेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई लगायतलाई कारबाही गरेपछि ओली समूहले भने कारबाहीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको छ । ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपाल समूहले आफूहरुलाई कारबाही गर्नु भनेको डेरावालले घरबेटीलाई निकालेको घोषणा गर्नुजस्तै भएको प्रतिक्रिया दिए । 

उनले भने, ‘कारबाहीको कुनै अर्थ छैन । डेरावालले घरबेटीलाई निकाल्नुको के अर्थ ? यसको कुनै अर्थ छैन । मुल पार्टी हामी नै हौं, यसको वैधानिकता छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप