बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठक सकियो, प्रचण्डले भने- हामी अर्को ब्याटल पनि जित्छौं

बुधबार, १९ फागुन २०७७, २३ : ४२
बुधबार, १९ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विभिन्न निर्णय गर्दै बैठक सकिएको छ । बैठकले संसदीय दलको नेता तथा उपनेता हटाउनुका साथै पार्टी हितविपरीत गतिविधि गर्नेहरुलाई निलम्बनको घोषणा गरेको छ । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बल, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई आफूहरुले गुम्न नदिने बताए । उनले आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने बताए । 

उनले भने, ‘सर्वोच्चको निर्णय हो हाम्रो पक्षमा आयो । निर्वाचन आयोगमा रहेको विवाद पनि जित्ने चरणमा छौं ।’ उनले अगाडि थपे, ‘एउटा ब्याटल जित्यौं, अर्को ब्याटल पनि जित्ने चरणमा छौं । हामी जित्छौँ। उनले ओली समूहको गतिविधि निभ्न लागेको बत्ती जस्तै भएको पनि प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप