शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टी–२० क्रिकेट लिगको सेमिफाइनलमा पुग्यो चितवन

बुधबार, १९ फागुन २०७७, १९ : २७
बुधबार, १९ फागुन २०७७

पोखरा । पोखरामा जारी सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिग प्रतियोगितामा समूह ‘क’बाट चितवन क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेको छ । बुधबार पोखरा रंगशाला  भएको खेलमा आयोजक सुपर जनरल पोखरालाई १८ रनले पराजित गर्दै चितवन सेमिफाइनल प्रवेश गरेको हो ।

चितवनले तीन खेलमा जित हासिल गर्दै ६ अंकका साथ समूहमा शीर्षस्थान कायम गर्न सफल भएको हो । प्रतियोगितामा पहिला व्याटिङ गरेको चितवनले पूरा २० ओभरमा १ सय ४९ रनको योगफल तयार पार्यो । उसका लागि साकार ढकाल र दिपेश श्रेष्ठ दुवैजनाले समान ३२ रनको पारी खेले । 

३१ बलको सामना गरेका ढकालले आफ्नो पारीमा २ छक्का २ चौका प्रहार गरेका थिए । त्यस्तै श्रेष्ठले २ छक्का र १ चौका प्रहार गरेका थिए । त्यस्तै अर्का व्याट्सम्यान रोबिन शर्माले २५ रन जोेडे । जितका लागि १ सय ५० रनको लक्ष्य पछ्याएको पोखराले १ सय ३१ मात्रै बनाउनसक्यो । खेलमा पोखराका लागि मुस्कान थापाले ३६, गोविन्द प्रधानले २४ र विद्यान श्रेष्ठले २२ रन बनाए । ३ विकेट लिएका चितवनका गौतम केसी विन्देश्वरी भाँडा उद्योग म्यान अफ द म्याच भए । अर्का बलर कृजन गुरुङ्गले पनि ३ विकेट लिए । पोखराका बलरहरु दिपेश खत्री, कृष्ण पौडेल, विधान श्रेष्ठ र किरण पौडेलले १–१ विकेट लिएका थिए ।

समूह‘क’ कै अर्को खेलमा बालुवाटारले स्याङजा क्रिकेट क्लबलाई २७ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडन सफल भए । यो समूहमा पोखराले पनि २ अंकनै जोडेको छ । समूहबाट सेमिफाइनल पुग्न बिहीबार पोखरा र बालुवाटारको खेल दुवैका लागि ‘गर या मर’ को स्थितिमा पुगेको छ । 

टस जितेर ब्याटिङ गरेको बालुवाटारले १९ ओभरमा मात्रै १ सय ५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । बालुवाटारको तर्फबाट सैसबध्वज केसीले २ चौका र १ छक्काको मदतमा अभिजित ४२ रन बनाए ।  त्यस्तै विपिन खत्रीले १३ बलको सामना गर्दै २ चौका र १ छक्काका मदतमा १९ रन जोडे । स्याङजाको बलिङतर्फ सुरज गुरुङले ४ ओभरमा १ मेडन सहित २० रन खर्चिएर ३ विकेट लिए । अनुज गैह्रे, विष्णु पाण्डे र ठगेन्द्र थापाले समान २÷२ विकेट प्राप्त गरे ।
जितका लागि १ सय ६ को सामान्य लक्ष्य पछ्याएको स्याङजा ७८ रनमै समेटियो । खेलमा १७.२ ओभरमा स्याङजाको तर्फबाट सुरज गुरुङले १८, विष्णु पाण्डेले १६ र विक्रम थापाले १२ रन जोडे । स्याङजालाई सस्तैमा समेटने क्रममा म्यान अफ द म्याच विपिन खत्रीले महत्वपूर्ण ४ विकेट लिए । उनले ४ ओभर बलिङ्ग गदै ३ रन खर्चिएर २ मेडन राखे । अन्य बलरहरु आयुष शर्मा र नितेश गिरीले पनि २÷२ विकेट लिन सफल भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप