
पूर्वराष्ट्रपति यादवद्वारा चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त

जनकपुर । जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको उद्घाटन पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेक छन् ।
प्रदेश नम्बर २ को विकास चुरेसँग जोडिएकाले यसको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भने, ‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ । चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन ।’
चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको उनले बताए । प्रदेश नम्बर २ को समृद्धिको मेरुदण्ड मानिने कृषि उपजको भविष्य चुरे संरक्षणसँग जोडिएको छ ।
यहाँका करिब ६० प्रतिशत जनसंख्याको जीवन चुरेमाथि निर्भर छ । कारण यस प्रदेश भएर बग्ने नदी र खहरेको मूल चुरे हो । चुरे संरक्षण मार्फत यी जनसंख्याको जीवन नै ध्वस्त हुने भएकाले त्यसबाट जोगाउन अगाडी आउनु आवश्यक रहेको बताए ।
मधेसलाई मरुभूमीकरणबाट जोगाउन मात्र नभई बाढीपहिरोको विपद्बाट जोगाउन समेत चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति यादवले यस क्षेत्रको विकासका लागि चुरे संग संगै शिक्षा क्षेत्रको विकास तर्फ समेत ध्यान पुर्याउनु आवश्यक रहेको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ