बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थप ८७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बुधबार, १९ फागुन २०७७, २२ : ३६
बुधबार, १९ फागुन २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३९ जनाको स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक रहेको छ । नेपालमा आजसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ३८१ पुगेको छ । पछिल्लो समय थप ६२ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ६०५ रहेको छ । निको हुने दर भने ९८ दशमलव छ प्रतिशत रहेको छ । 

अहिले देशभर ७६६ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५९ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २१ लाख ७३ हजार ५११ को पिसिआर परीक्षण भएको छ । पछिल्लो समय कोरोनाका कारण थप एकको मृत्यु भएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा २३३ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको मन्त्रालयले जानकारी गराइएको छ । योसँगै हालसम्ममा दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप