शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको गुजरातमा एकै परिवारका ६ जनाले गरे सामूहिक आत्महत्याको प्रयास, ३ जनाको मृत्यु

बुधबार, १९ फागुन २०७७, २३ : ३९
बुधबार, १९ फागुन २०७७

एजेन्सी । भारतको गुजरात राज्यको वडोदरामा एकै परिवारका ६ जनाले सामूहिक आत्महत्याको प्रयास गरेका छन्। गुजरातको वडोदरास्थित समा इलाकाको स्वाती सोसाइटी निवासी एक परिवारका ६ जनाले सामूहिक आत्महत्या गर्ने प्रयास गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार विष खाएका उनीहरुमध्ये  ३ जनाको मृत्यु भएको छ भने तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रहरीका एसपी भरत राठौडाका अनुसार विष सेवनका कारण ३ जनाको मृत्यु भएको छ भने ३ जनालाई अस्पताल भर्ना गरिएको छ ।

उनीहरूका छिमेकीहरुलाई उदृत गर्दै एसपी राठौडाले भने, ‘उक्त परिवारले आर्थिक अभाव झेलिरहेको थियो।’ घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप