नाटकीय खेलमा सेभियालाई पराजित गर्दै बार्सा फाइनलमा
बिहीबार, २० फागुन २०७७, ०७ : ३७
पहिलो लेगमा ब्यहोरेको २–० को हार उल्टाउँदै बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । नाटकीय खेलमा बार्सिलोनाले समग्रमा ३–२ को जीत हासिल गर्न सफल भएको हो ।
३० मिनेटको अतिरिक्त समयको शुरुवातमा नै मार्टिन ब्राथवेटले निर्णायक गोल गर्दै बार्सिलोनालाई जीत दिलाए । खेलमा ओसमान डेम्बेलेले बार्सिलोनालाई १२ औँ मिनेटमा नै अग्रता दिलाएका थिए ।
त्यसपछि लुकास ओकाम्पोसले सेभियालाई पेनाल्टीबाट गोल गर्न चुकेको थिए । फर्नान्डोले रातो कार्ड खाँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा सिमित बन्यो । जेरोर्ड पिकेले इन्जुरी समयमा गोल गर्दै खेल २–२ को बराबरी गरे ।
कीर्तिमानी ३१ औँ पटक प्रतियोगिताको उपाधि जित्ने होडमा रहेको बार्साले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र लेभान्तेबीचको विजेतासँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली