शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

बिहीबार, २० फागुन २०७७, १२ : ४०
बिहीबार, २० फागुन २०७७

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले सिद्धार्थनगर न. पा.–४, दोगहरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत २७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ ।
सिद्धार्थनगर न.पा. वडा नं. ४ का अध्यक्ष  मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकलाई पोशाक वितरण गरेको उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप