शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ हजार एम्पुल लागु औषधसहित नागढुंगाबाट दुईजना पक्राउ

बिहीबार, २० फागुन २०७७, १९ : ०७
बिहीबार, २० फागुन २०७७

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले ५ हजार एम्पुल लागुऔषधसहित दुई जनालाई पक्रेको छ ।  पक्राउ पर्नेमा पर्सा छिपरमाई गाउँपालिका–५ घर भएका ३५ वर्षीय उपेन्द्रकुमार र बारा सुवर्ण गाउँपालिका–७ घर भएका सोनुकुमार यादव छन् । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले उनीहरुको साथबाट ५ हजार एम्पुल लागु औषध बरामद गरेको छ ।  बिहिबार पर्साबाट काठमाडौं आउँदै गरेको ना ६ख ६३७७ नम्बरको बसमा उपेन्द्रले लागुऔषध ल्याएका थिए । उनको साथबाट ७ सय एम्पुल नुर्फिन, ९ सय एम्पुल डाइजेपाम र ७ सय एम्पुल फेनारगन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

बुधवार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७४५० नम्बरको सुमोमा सवार सोनुको साथबाट प्रहरीले २७ सय एम्पुल लागुऔषध बरामद गरेको छ । १९ वर्षीय सोनुको साथबाट ९ सय एम्पुल फेनारगन, ९ सय एम्पुल डाइजेपाम र सोही परिमाणमा नुर्फिन बरामद गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप