शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा प्रहरीसँगको भिडन्तमा मारिने भारतीय नागरिक

बिहीबार, २० फागुन २०७७, २२ : १२
बिहीबार, २० फागुन २०७७

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका-७ मा  प्रहरी र तस्करबीच भिडन्तमा भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ । 

नेपाल-भारत सीमा नजिकै भएको भिडन्तमा भारतको पिलिभित-४  का २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर थापाले रातोपाटीलाई बताए ।

डिएसपी थापाका अनुसार तस्करको साथबाट प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने मेसिन र लागुऔषध बरामद गरेको छ । 

गस्तीमा गएका  प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले रातोपाटीलाई बताए । 

प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप