बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकहरु भन्छन्ः बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार आएको छ

बिहीबार, २० फागुन २०७७, २२ : ५७
बिहीबार, २० फागुन २०७७

एजेन्सी । बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् । बेलायती महामारी एलिजाबेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्बन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ । 

उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै जानुभएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ । उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो । झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानुपरेको अधिकारीहरुको भनाइ छ । 

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उनको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ । राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजाबेथ द्वितीय भने अहिले ९४ बर्ष भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप