मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२ हप्तामै हवाई भाडा बढ्यो

शुक्रबार, २१ फागुन २०७७, ०६ : ४५
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । स्वचालित मूल्य प्रणालीअनुसार २ हप्तामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले हवाई टिकटको मूल्य पनि बढाएका छन् । शुक्रवार (आज) देखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम रू  ३५ देखि अधिकतम रू  २२० सम्म भाडा बढेको छ ।

नेपाल आयल निगमले यही फागुन ४ गते हवाई इन्धनको मूल्य रू। ६७ पुर्‍याउँदा हवाई भाडा समायोजन गरेको वायु सेवा सञ्चालक संघले बिहीवार नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

इन्धनको मूल्य बढेसँगै फागुन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर रू। ७२ पुगेको छ । हवाई शुल्क यात्रुहरूले तिर्ने कुल रकमबाट नै असुलिन्छ । संघले प्रतिलिटर रू। ५ ले बढेकाले स्वचालित प्रणालीअनुसार नै फ्युल चार्ज पनि घटबढ हुने उल्लेख गरेको छ ।

यससँगै सबैभन्दा बढी वृद्धि हुनेमा काठमाडौं–धनगढी सेक्टर रहेको छ । यस सेक्टरको नयाँ सरचार्ज रू  २२० ले वृद्धि भई रू  ३ हजार १८० कायम भएको छ भने काठमाडौं–माउन्टेन सेक्टरको सरचार्ज रू। १७० ले बढेर रू २ हजार ४७० पुगेको छ ।

सबैभन्दा कम भने डोटी–साँफेबगर सेक्टरको रहेको छ । यस सेक्टरमा सरचार्ज रू २० ले बढेर रू  ३०० पुगेको छ । अधिकांश सेक्टरको सरचार्ज रू ४० देखि रू  ६० ले बढेको संघको जारी सूचनामा उल्लेख गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप