बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन सुरु

शुक्रबार, २१ फागुन २०७७, ०६ : ५५
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था बनाउन विभिन्न अवधारणामाथि अध्ययन शुरू गरिरहेको छ ।

घरजग्गाको कारोबार गर्न एउटा मान्यता प्राप्त र विश्वसनीय संस्था विकास गर्न सरकारले यस्तो गृहकार्य अघि बढाएको दाबी गरेको छ ।

आगामी २ महीनासम्ममा प्रतिवेदन तयार पार्ने गरी मन्त्रालयले विभिन्न अवधारणामा गृहकार्य गरिरहेको छ । सरकारले आफ्नै कम्पनी बनाउने, निजी–सरकारी साझेदारी ९पीपीपी० अवधारणामा काम गर्ने अथवा कुनै मार्गदर्शन बनाएर निजीक्षेत्रलाई नै कारोबार गर्न दिने भन्ने तीनओटा अवधारणामा छलफल भएको र यसको मोडालिटी स्पष्ट पार्ने काम भइरहेको छ । त्यसपछि मात्रै कुन मोडालिटीमा यसको कारोबार हुने भन्ने निक्र्योल हुनेछ ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले मुलुकभर हुने घरजग्गाको कारोबारमा पारदर्शिता, जवाफदेही र यसको कारोबार गर्नेलाई जिम्मेवार बनाउने नै मुख्य लक्ष्य रहेको बताए । ‘अहिले जुन किसिमका ठगीका कारोबार, राजस्व छलीजस्ता अवैध काम गरिएको देखिन्छ,’ जोशीले भने, ‘त्यसलाई व्यवस्थित गर्न औपचारिक संस्था स्थापनाको आवश्यकता देखिएको हो ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप