बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड सेलिब्रेटीः जसको करियर ‘ड्रग्स’ को लतले बर्बाद भयो

शुक्रबार, २१ फागुन २०७७, ०९ : ०७
शुक्रबार, २१ फागुन २०७७

एजेन्सी – रमझम  र ग्ल्यामरको दुनियाँमा ड्रग्ससँग जोडिएको थुप्रै कहानीहरु छन् । फिल्म क्षेत्रको देखिने आवरणभन्दा भित्रि कथा निकै फरक हुने गर्छ । 

जसमध्ये केही कलाकार यस्ता छन्, जसले कुलतमा  फसेर आफ्नो करियर नै बर्बाद बनाए । 

सञ्जय दत्त
सन् १९९३ मा भारतमा भएको बम बिस्फोटमा प्रयोग भएको हतियार राखेको आरोपमा जेल गएका अभिनेता दत्त सन् १९८२ मा ड्रग्स राखेको आरोपमा जेल गएका थिए । उनलाई जेलबाट छुटेपछि उनका पिता सुनील दत्तले अमेरिकाको पूर्नस्थापना केन्द्र पठाएका थिए । 

रणबीर कपूर 
सुत्रका अनुसार रणबीर कपूरले पनि आफूले ड्रग्स प्रयोग गर्ने कुरा स्वीकार गरेका थिए । उनले स्कुलबाट नै ड्रग्स लिन सुरु गरेका र त्यसको लत लागेको बताएका थिए । उनले ड्रग्स छोडेको घोषणा त गरे । तर उनी चेन स्मोकर हुन् । फरदीन खान
सन् २००१ को मे ५ मा कोकीन नामक ड्रग्स राखेको आरोपमा खान पक्राउ परेका थिए । उनले जेलमा ५ दिन बिताए । उनलाई जेलबाट सिधा पूर्नस्थापना केन्द्र पठाइयो । ​

प्रतिक बब्बर 
स्वर्गीय अभिनेत्री स्मिता पाटिल र राज बब्बरका छोरा प्रतिकले पनि सञ्जय दत्तले जस्तै आफूले ड्रग्स लिएको खुलासा गरेका थिए । उनले १३ वर्षमै कुलतमा फसेको स्वीकारे । उनले यो लत छोड्न सकेका छैनन् । 

हनी सिंह
र्यापर तथा गायक हनी सिंह करियरको उचाइमा थिए । उनी कुलतमा यसरी फसे कि उनलाई त्यसबाट बाहिर आउन निकै गाह्रोे भयो तर उनले अहिले कुलत छोडेर करियरमा केन्द्रीत भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप