मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

खसीको भन्दै बाख्राको मासु बेच्ने पक्राउ (फोटोसहित)

आइतबार, २२ असोज २०७४, १० : ५२
आइतबार, २२ असोज २०७४

मनोज भुजेल

इटहरी । उपभोक्तालाई खसीको भन्दै बाख्राका मासु बेच्ने एक व्यक्ति पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका क्षेत्रका मासु पसलमा बाख्राको मासु मिसावट गरेर बिक्री हुँदै आएको गुनासोका आधारमा निगरानी बढाइएको थियो । 

सोही अनुरुप इलाका प्रहरी कार्यालय इटहरी र सञ्चारकर्मीको पहलमा खसीको मासुमा बाख्रा मिसाउने इटहरी १७ पकलीका १७ बर्षीय आप्ताज मियाँ ३० केजी बाख्राको मासुसहित पक्राउ परेका हुन । पक्राउ परेका मियाँ पकलीस्थित उनको घरबाट बाख्रा काटेर इटहरीका बिभिन्न मासु पसलमा डेलिभरी गदैं आएका थिए ।

उनलाई इटहरी ६ स्थित बसपार्क छिर्ने सडकमा नाम नराखिएको दुईवटा मासु पसलबाट प्रहरीले बिहान पक्राउ गरेको हो । मियाँ सोही पसल सञ्चालकका छोरा हुन् । 

चाडपर्वको समयमा खसीको मासु अत्याधिक बिक्री हुने गरेको मौकाको फाइदा उठाउँदै यस्तो हेलचेक्राई हुने गरेको पाइएको छ ।

पक्राउ परेका मियाँका अनुसार केजीको दुई सयदेखि तीनसय सम्म बाख्रा जिउँदो खरिद गर्ने गरेको बताए । उनले बिहान बाख्रा काटेर पसलमा उक्त मासु खसीमा मिसाएर बिक्री गर्ने गरेको बताए । प्रहरीले बरामद गरेको मासुमा बाख्राको थुन काटेर फालेको प्रष्ट देख्न सकिन्छ । मियाँका अनुसार कतिपय बाख्रा मरेको पनि आफुहरुले खरिद गर्ने गरेको बताए । 

इटहरीमा यस्तो घटना पहिलो पटक प्रमाणसहित फेला परेको स्थानिय उपभोक्ताहरुले दाबी गरेका छन् । पक्राउ परेका व्यक्तिलाई कडा कारबाहीकोे माग गरेका छन् । प्रशासनले यस्ता पसलको समय समयमा अनुगमन गरिरहनु पर्ने धारणा समेत राखेका छन् ।

यता इलाका प्रहरी कार्यालय इटहरीले मासु मिसावट गर्ने विषयमा गम्भीर भएर लाग्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप