शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खबपु र छन्देलाई हिरो बनाउँदै खरेल

शुक्रबार, २१ फागुन २०७७, १६ : ३८
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’ र गोपाल ढकाल ‘छन्दे’ फिल्मको पर्दामा हिरोको रुपमा देखिने भएका छन् । माधव राज खरेलको निर्देशन रहेन नयाँ फिल्ममा खबपु र गोपाल मुख्य अभिनेताको रुपमा अनुबन्धित भएका हुन् ।

पिम नेपालको प्रस्तुति रहने फिल्मको नाम भने जुर्न बाँकी रहेको छ । फिल्मका लागि मोहन निरौला, नवराज थापा, मुस्कान लामा समेत कलाकारको रुपमा छानिएको निर्देशक खरेलले बताए । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर समेत रहेको छ । यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड’ को तयारी गरेका थिए । तर कोरोनाको कारण उक्त फिल्म निर्माण हुन सकेन ।

शान्ति प्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा साहिल चौधरीको छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्मको बैशाखको तेश्रो साताबाट छायाँकन सुरु हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप