ओली पक्षले भन्यो: प्रचण्ड-माधव पक्षको पत्राचारले मान्यता पाउँदैन
शुक्रबार, २१ फागुन २०७७, १८ : ०८
काठमाडौं । नेकपा केपी ओली पक्षका मुख्य सचेतक विशाल भट्टराईले प्रचण्ड–माधव पक्षले संसद सचिवालयलाई लेखेका पत्रप्रति ध्यानकर्षण भएको जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्र्दै प्रचण्ड–माधव पक्षले फागुण १७ मा संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी लेखेको दुई पाने पत्रले मान्यता नपाउने बताएका हुन् । उनले दलको विधान २०७५ बमोजिम दलको नेता केपी शर्मा ओलीनै भएको दाबी गरेका छन् ।
उनले भनेका छन्ः ‘नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानुनी निर्णय गरिएको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन । प्रचण्ड माधव पक्षले गरेका निर्णयबारे गत १७ गते संघीय संसदका महासचिवलाई पत्र पठाएका थिए । जसमा संसदीय दलका विभिन्न नेतालाई कार्वाही गरिएको उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत