यस्तो छ ‘कृष्ण–लीला’को गीत ‘डियर बन्न मन छ’
काठमाडौँ । आगामी चैत्र २७ बाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’ सार्वजनिक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ र नवीन रेग्मी लगायतको अभिनय रहेको छ । नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
दीपक ओली निर्देशित फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमिल गीत सार्वजनिक भएको थियो । गीतले एघार लाख बढी भ्यू पाइसकेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायाँकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो ।
नयाँ वर्ष ०७८ को अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भने श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सह निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।
फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रविन्द्र, नवीन रेग्मी, भावनाका साथमा हिउँ वाला गौतम, आयुष गुरागाईँ, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय रहेको छ । आर आर फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको वितरक पनि आर आर फिल्मस् नै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुससँग युक्रेनले हार्यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी
-
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
-
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ
-
लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै