शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका मुख्यमन्त्री भन्छन्– म गोठालो हुँ

शुक्रबार, २१ फागुन २०७७, १९ : ३०
शुक्रबार, २१ फागुन २०७७

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू गोठालो भएको बताएका छन् । गोठालोका कारण नै मुलुकमा समृद्धि आउने भन्दै उनले आफूले पनि मुख्यमन्त्री भएदेखि गोठालोकै रुपमा काम गरेको बताए ।

शुक्रबार हेटौंडामा भएको नेपाल राष्ट्रिय व्यावसायिक बाख्रापालक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले बच्चैदेखि गाउँघरमा गोठालोको काम गरेको र अहिले बागमती प्रदेशको मुख्यमन्त्री भएपछि गोठालो कै रुपमा प्रदेशको समृद्धिका लागि काम गरिरहेकोे दावी गरे ।

प्रदेश सरकारले वास्तविक किसानसम्म सरकारको अनुदान पु¥याउन पुरानो अनुदान प्रकृयालाई रोक लगाई उत्पादनका आधारमा अनुदान दिने प्रकृया सुरु गरेको उनले बताए ।

प्रदेश संरचना बनेको तीन वर्षमा महत्वपूर्ण काम गरेको भन्दै उनले सरकारलाई तीन वर्षको बच्चासँग तुलना गरे । उनले भने, ‘तीन वर्षको बच्चाले कति काम गर्छ ? प्रदेश संरचना बनेको तीन वर्ष भयो, यो समयमा सरकारले महत्वपूर्ण कामहरु गरेको छ, समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा रहेको सरकारले समृद्ध मुलुक बनाउन थुपै काम गरेको छ ।’

कृषिका क्षेत्रमा गरेका कामको परिणाम आगामी दिनमा देखिने भन्दै उनले कृषकका समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप