शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एथ्लेटिकोसँग दुरी घटाउँदै बार्सिलोना

आइतबार, २३ फागुन २०७७, ०९ : ४८
आइतबार, २३ फागुन २०७७

 

१८ वर्षीय इलाइक्स मोरिबाले क्लबका लागि पहिलो गोल गर्दा बार्सिलोनाले ओसासुनालाई हराउँदै शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी २ अंकमा घटाउन सफल भएको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोना २–० गोलले विजयी बनेको हो ।

कप्तान लियोनेल मेस्सीले बार्सिलोनाका दुवै गोलको अवसर सिर्जना गरेका थिए । खेलको ३० औँ मिनेटमा जोर्डी अलाबाका लागि मेस्सीले गोलको अवसर सिर्जना गरे भने खेलको अन्त्यतिर युवा खेलाडीका लागि गोलको अवसर सिर्जना गरे ।

पहिलो हाफमा बार्साका मार्क आन्द्रे टेर स्टेगनले ओसासुनाका दुईवटा सुन्दर प्रहारलाई विफल बनाएका थिए ।

२६ खेलपछि बार्सिलोनाको ५६ अंक रहेको छ । दुई खेल कम खेलेको एथ्लेटिकोको ५८ अंक रहेको छ ।

शनिबार नै भएका अन्य खेलमा चौथो स्थानमा सेभिया इल्चेसँग १–२ गोलले पराजित भयो भने गेटाफे पनि समान गोलअन्तरले रियल भालाडोलिडसँग पराजित हुन पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप