शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री  शाही अस्पताल भर्ना

आइतबार, २३ फागुन २०७७, ११ : २७
आइतबार, २३ फागुन २०७७

सुर्खेत  । उच्च रक्तचापबाट पीडित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन्  । 
पुनःस्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाही काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचीव कृष्णप्रसाद आचार्यले रातोपाटीलाई जानकारी दिए । 

शाही शनिबार अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा सुधार आएको पनि आचार्यले बताए । उनले भने,‘ मुख्यमन्त्री ज्युको पुरानै समस्या हो अहिले सुधार आइसकेको छ । सायद आजनै डिस्चार्ज हुनुहुन्छ।’ 
मुख्यमन्त्री शाही पार्टीको बैठकको शिलशिलामा काठमाडौं गएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप