शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

आइतबार, २३ फागुन २०७७, १२ : ०७
आइतबार, २३ फागुन २०७७

जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्न आउने विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू गरेको छ । 

दाङ जिल्लामा दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो ।

दुर्घटनाको दरमा वृद्धि हुन नदिन र चालक अनुमतिपत्रविना सवारी साधन चलाउने विभिन्न कलेज क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताए । 

चेक जाँचको क्रममा सवारी चालक अनुमतिपत्रविना सवारीसाधन चलाउने १ दर्जन सवारीसाधनलाई नियन्त्रणमा लिइएको डिएसपी रिजालले बताए । 

डिएसपी रिजालले भने, 'हामीले भर्खर कलेज पढ्ने मोडिफाई,रफ ड्राईभिङ र चालक अनुमतिपत्र विना मोटरसाईकल,सवारीसाधन चलाउने विरूद अभियाननै सञ्चालन गरि कारबाही गरिरहेका छौ ।'

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कलेज लक्षित अभियान १ महिना सम्म सञ्चालन गरिने र सुधार नआए थप समेत हुने जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप