शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चण्डोलमा सिटौला र गगनबीच छलफल, अन्य सांसद पनि जाँदै

आइतबार, २३ फागुन २०७७, १२ : ३०
आइतबार, २३ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूनिकट सांसदहरुसँग छलफल गरेको छन् । आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि सिटौलाले सांसद गगन थापा, उमाकान्त चौधरी र भीमसेन दास प्रधानलाई आफ्नो निवास चण्डोल बोलाएको बुझिएको छ ।

सिटौला र थापाबीच विहान ११ बजेबाट छलफल जारी छ भने अन्य सांसदहरु पनि चण्डोल जाँदै छन् । सांसद प्रधानले आफूलाई पनि बिहानै बोलाए पनि आन्तरिक व्यस्तताका कारण अहिले चण्डोल जान लागेको जानकारी दिए ।

काँग्रेसले सत्तासीन नेकपाको केपी ओली प्रचण्ड–नेपाल समूहको रणनीति कुरिरहेका बेला सिटौलाले आफूनिकट सांसदसँग छलफल गरेका हुन् ।

सिटौला पक्षले नेकपाको कुनै पनि पक्षसँग सहकार्य नगरेर ‘अर्ली इलेक्सन’का लागि जोड दिएको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप