बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट अप्रिलियाको ‘एसएक्सआर १६०’ नेपाली बजारमा

आइतबार, २३ फागुन २०७७, १३ : ११
आइतबार, २३ फागुन २०७७

काठमाडौं । विश्व प्रसिद्ध इटालियन ब्राण्ड अप्रिलियाको नयाँ मोडल ‘एसएक्सआर १६०’ नेपाली बजारमा आएको छ । अप्रिलियाका लागि पियाजियो र एम.भी दुगड ग्रुपले आइतबार राजधानीमा विशेष समारोहको अयोजना गर्दै एसएक्सआर १६० को औपचारिक शुरुवातको घोषणा गरेका हुन् । 

उक्त स्कुटर सार्वजनिक गर्दै कम्पनीले एसएक्सआर १६० अहिलेसम्मकै ब्राण्डको नयाँ डिजाइनमा उत्पादन भएको पहिलो स्कुटर भएको दाबी गरेको छ ।  अप्रिलिया एसएक्सआर १६० मा ब्राण्डकै सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरिएको, एकल सिलिन्डरमा ४–स्ट्रोक, एयर–कूल्ड, ३ भल्भ फिउल (एफआई) इन्जिनको प्रयोग गरिएको छ भने स्कुटरको इन्जिनमा कम कार्वन इमिसन इन्जिन टेक्नोलोजी (बीएसभीआई) समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । जसले ७ हजार एक सय आरपीएममा अधिकतम ११ पीएसको पिकअप पावर दिने कम्पनीको भनाई छ । 

साथै, स्कुटरमा १२ भोल्ट, ५.० एएच.एमएफ ब्याट्रीको साथै ७ लिटर इन्धन क्षमताको ट्याङ्की समेत उपलब्ध रहेको छ । उच्चतम पावर पिकअप सहित आकर्षक लुक्समा आएको एसएक्सआर १६० पर्फमेन्समा समेत उत्कृष्ट रहेको कम्पनीले बताएको छ । उत्तम सवारी अनुभव र उच्च स्तरको आरामदायीताका लागि स्कुटरमा ठूलो, लामो, आरामदायी एर्गोनोमिक सीट प्रयोग गरिएको र सलक्क बडी ज्यामितीय रुपरेखा र उच्च शिल्प कौशलले प्रोडक्टलाई गतिशील प्रिमियम तुल्याएको कम्पनीले बताएको छ ।  सबैजसो विशेषताहरुले प्रिमिय लाग्ने अप्रिलिया एसएक्सआर १६० को बजार मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप