शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाका कारण विदेशमा थप २ नेपालीको मृत्यु

आइतबार, २३ फागुन २०७७, १३ : ५१
आइतबार, २३ फागुन २०७७

काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड–१९) कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो ।

शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ  । हालसम्म  २१ देशमा  रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो । रिपोर्टअनुसार हालसम्म ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् । गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।

शनिवार साँझसम्म विभिन्न मुलुकका ६२  हजार ९ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप