शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद सचिवालयका महासचिवसँग बहुमतको निर्णय कार्यान्वयन गर्न प्रचण्ड–माधवको आग्रह

आइतबार, २३ फागुन २०७७, ०६ : ००
आइतबार, २३ फागुन २०७७

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्नुअघि नेकपा प्रचण्ड–माधव पक्षका शीर्ष नेताको दौडधूप जारी छ । बिहानैदेखि भेटवार्तामा सक्रिय नेताहरुले सभामुख, संघीय संसदका महासचिव र आन्तरिक भेटवार्तालाई तीव्र पारेका हुन् ।

यसैक्रममा उनीहरुले संसद सचिवालयका महासचिवसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा जारी भेटमा प्रचण्ड–माधव  पक्षले नेकपाको बहुमत पक्ष आफूहरुसँग रहेको भन्दै बहुमत पक्षले गरेको निर्णयहरु कार्यान्वय गर्न महासचिव गौतमलाई आग्रह गरेको बुझिएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल महासचिव डा.गौतमलाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् । यसअघि उनीहरुले सभामुख अग्नि सापकोटा र प्रमुख सचेतक देव गुरुङसँग छलफल गरेका थिए । गौतमसँगको भेटपछि सो पक्षको संसदीय दलको बैठक बस्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप