शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा ३ वटा गाडीसहित १३ लाखको सामान बरामद

आइतबार, २३ फागुन २०७७, २२ : ३४
आइतबार, २३ फागुन २०७७

रौतहट ।  रौतहट प्रहरीले एक ट्याक्टरसहित १३ लाख बराबरको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा विभिन्न प्रहरी युनिटबाट गएको गस्ती टोलीले  अवैध रुपमा भारतबाट भन्सार छली गरी नेपालतर्फ भित्र्याउँदै गरिएको सामान बरामद गरेको हो । प्रहरीले ४ वटा खसी, ८ वटा आल्मुनियमको ढोका र केही झ्याल बरामद गरेको छ ।

त्यस्तै उक्त सामान ल्याउन प्रयोग गरिएको  एउटा ट्रयाक्टर, २ वटा बोलेरो, एउटा मारुती कार, २ वटा मोटरसाईकल  र दुई जनालाई नियन्त्रणमा लिएको छ । बरामद गरिएका सामान र नियन्त्रणमा लिएका व्यक्तिलाई आइतवार आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप