शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको २१ खेलको विजयी यात्रामा युनाइटेडको पूर्णविराम

सोमबार, २४ फागुन २०७७, ०८ : ०६
सोमबार, २४ फागुन २०७७

म्यानचेस्टर युनाइटेडले चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै २१ खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । आइतबार राति भएको खेलमा युनाइटेड २–० ले विजयी बन्यो । हारका बावजुद सिटीको शीर्ष स्थानमा ११ अंकको अग्रता रहेको छ ।

पछिल्ला आफ्नो घरेलु मैदानबाहिर खेलिएका २२ लिग खेलमा अपराजित रहेको युनाइटेडले खेलको सुरुवातमा नै पेनाल्टी पाएको थियो । खेलको शुरु भएको ३० सेकेन्डमा न ग्याब्रियल जिसुसले एन्थोनी मार्सियाललाई लडाएपछि युनाइटेडले पेनाल्टी पायो जसलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरे ।

दोस्रो हाफमा रोड्रीले सिटीका लागि बराबरी गोल फर्काउने नजिक पुगे पनि लुक सले गोल गर्दै २१ नोभेम्बरपछि सिटीलाई पहिलो हारको स्वाद चखाए । पछिल्ला तीन खेलमा गोल गर्न नसकेको युनाइटेडले जीतसँगै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप