शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी नायकले मोटोपना घटाउनका लागि गराए शल्यक्रिया, सात दिनपछि मृत्यु

बिहीबार, ०८ असार २०७४, १४ : ४७
बिहीबार, ०८ असार २०७४

विवेक शौक हुन त बलिउडमा सपोर्टिङ रोल गर्दथे । तर उनलाई ‘फ्लप शो’ जस्ता टेलिभिजन कार्यक्रमका लागि चिनिन्छ । सन् १९६३ जून २१ तारिखमा जन्मेका विवेकको ४७ वर्षमा मृत्यु भएको छ । तर त्योभन्दा अघि उनी सात दिनसम्म कोमामा रहेका थिए ।

सन् २०११ मा जनवरी ३ तारिखमा विवेक तौल घटाउने शल्यक्रिया (लिपोसक्शन सर्जरी) गराउन ठाणेको कारखानीस नर्सिङ होम पुगेका थिए । प्लाष्टिक सर्जन डा. समिर कारखानीसले उनको शल्यक्रिया गराएका थिए ।

शल्यक्रियाको दुई घण्टा पछि विवेकको स्थिती बिग्रिएको थियो । तीन हृदरघातपछि विवेकलाई जुपिटर पुर्याइयो । यहाँसम्मकी कार्डियोलोजिस्ट डा. दयानन्द कुम्बलाले विवेकको हत्यापछि भनेका थिए, ‘उनको मुटुले काम गर्न बन्द गरेको थियो । उनलाई तीन इमर्जेन्सी शाक पनि दिइएको थियो । उनी लाइफ सपोर्ट सिस्टममा थिए तर कोमामा गए ।

सात दिन पछि अर्थात् १० जनवरी सन् २०११ मा उनको मृत्यु भएको थियो ।

विवेकले डा.सँग लुकाएका थिए मेडिकल हिस्ट्रिः

लिपोसक्शन सर्जरीका लागि व्यक्ति निकै फिट हुन जरुरी छ । तर डा. समिर कारखानीसका अनुसार विवेकले उनीसँग आफ्नो मेडिकल हिस्ट्री लुकाएका थिए र जब शल्यक्रियाभन्दा पहिले उनको इसीजी र टुडी इको गरियो त्यो पनि साधारण आयो । त्यसकारण उनलाई शल्यक्रिया गर्दा कुनै समस्या नदेखिने डाक्टरहरुले निष्कर्ष निकाले ।

तर सन् २००३ मा विवेकलाई ठूलो हृदयघात भइसकेको थियो । जुपिटर हस्पिटलका एक अन्य कार्डियोलोजिस्ट डा. विजय शाहले त्यतिबेला भनेका थिए, ‘शौकको मेडिकल हिष्ट्रिमार्फत हामीलाई थाहा भयो कि उनलाई सन् २००३ मा तीन स्टन्ट्स उनको छातीमा लगाइएको थियो । उनी रगत पातलो बनाउने औषधी पनि खाइरहेका थिए । तर लिपोसक्शन सर्जरीभन्दा पहिले उनले यसलाई बन्द गरिदिएका थिए ।

तीन सन्तानका पिता थिए विवेकः

विवेक तीन सन्तानका पिता थिए । उनको परिवारबारे धेरै जानकारी उपलब्ध छैन । तर सन् २०११ मा उनको मृत्युपछि नायक आर्य बब्बरले भनेका थिए, ‘उनका जुम्ल्याहा छोरीहरु टिनएजमा पुगिसकेका छन् भने छोरा निकै सानो छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप