आन्दोलनरत वादी समुदायका नागरिकमा सरुवा रोगको संक्रमण
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडिको खुल्ला चौरमा धर्नामा बसिरहेका वादी समुदायका अधिकांशलाई सरुवा रोग सम्बन्धीका समस्याहरु देखिएको छ । खेतीपाती गरिखाने जमिन दिनुपर्ने माग गर्दै विगत १४ दिनदेखि धर्नामा बसेका अधिकांशलाई छाला सम्बन्धीका रोगसहित रुघा खोकी ज्वरो, दम बढ्ने जस्ता समस्या देखिएको हो ।
खाना र सरसफाइको अभावमा उनीहरुमा यस्ता खालका समस्याहरु देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।
जनस्वास्थ्य कार्यालय सुर्खेतले सोमबार उनीहरु बसेको स्थानमा स्वास्थ्य शिविर चलाएको थियो । जसमा दाद, लुतो, घाउखटिरा आउने जस्ता रोगका बिरामीहरु धेरै भेटिएको कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर प्रदिप न्यौपानेले बताए ।
झण्डै पाँच सयको हाराहारीमा रहेका उनीहरुमध्ये धेरैजसोमा व्यक्तिहरुमा पेट दुख्ने, ग्यास्ट्रिक, आँसु बग्ने, महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखिएको डाक्टर न्यौपानेले बताए ।
उनले भने, ‘दम, मधुमेह, उच्च रक्तचाप, लगायतको समस्या भएका वृद्धवृद्धाहरुमा अव्यवस्थित बसाइले समस्या बढेको छ ।’
एउटै पालमुनी सबै परिवारहरु बस्नुपर्ने, खानेपानी, शौचालय र सरसफाइको अभावमा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर बढ्दै गएको उनले बताए ।
स्वास्थ्य शिविरमा दुई सय दश जनाको स्वास्थ्य जाँच गरिएको थियो। बिरामीहरुलाई औषधी वितरण गरिएको जन स्वास्थ्य कार्यालयका सिनियर अहेब अमर रानाले जानकारी दिए ।
उनले भने, ‘जाँच गरिएका मध्ये दश जनालाई थप उपचाका लागि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको छ। उनीहरुलाई जटिल समस्या देखिएकाले थप उपचारको लागि पठाइएको हो ।
वादी समुदायका अगुवा हिक्मत वादीले खाना र खानेपानीको निकै समस्या भएको गुनासो सुनाए । प्रदेश सरकारकै शरणमा भएपनि हाम्रो कुनै सुनुवाई छैन्,’उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित