शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको एकता जोगाउन अझै प्रयास गर्नुपर्छ : रघुजी पन्त

सोमबार, २४ फागुन २०७७, १७ : ५०
सोमबार, २४ फागुन २०७७

काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले अझैपनि नेकपा एकता जोगाउन सकिन्छ भने नेताहरुले त्यो प्रयास गर्नुपर्ने बताएका छन् । 

पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा आफू लगायत अन्य नेताहरुले पनि सकभर देशको विकास र सम्मृद्धिका लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको भन्दै शीर्ष नेताहरुले त्यस्तो पहल गर्नुपर्ने धारणा राखेको पन्तले जानकारी दिए । 
‘खासगरी सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भयो कि भन्नेमा बढि चर्चा भयो’, उनले भने, ‘नेकपा एकता जोगाउन सकिन्छ भने त्यसका लागि प्रचण्ड र केपी ओलीले फेरि प्रयास गर्नुपर्छ भनेर मैले कुरा राखे । अरु साथिहरुले पनि त्यस्तै किसिमको धारणा राखेका छन् । बैठक जारी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप