प्रचण्ड–माधव पक्षीय स्थायी कमिटी बैठकबाट को–को बाहिरिए ?
सोमबार, २४ फागुन २०७७, १८ : ३०
काठमाडौं । प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठककै बीचमा नेताहरु निस्किने क्रम सुरु भएको छ । चार बजेबाट सुरु भएको बैठक नसकिँदै स्थायी समिति सदस्यहरु एक–एक गरि निस्किने क्रम जारी छ ।
अहिलेसम्म योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल बैठकबाट निस्किएका छन् । बैठक भने जारी नै रहेको छ । यता केपी ओली समूहको आन्तरिक बैठक पनि बालुवाटारमा जारी छ ।