शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रणबीरलाई हेरेर भड्किइन् कट्रिना, सोधिन्, ‘रक्सी पिएर आएको छौ कि के हो ?’

शनिबार, २७ जेठ २०७४, १३ : ५०
शनिबार, २७ जेठ २०७४

मुम्बई - कट्रिना कैफ र रणबीर कपुर उनीहरुको नयाँ फिल्म ‘जग्गा जासूस’ को प्रामोशनमा जुटिरहेका छन् । दुबै यतिबेला मज्जाले हँसिमजाक गरिरहेको पनि देखिएका छन् । ब्रेकअपपछि यो जोडीको यो पहिलो फिल्म हो तर प्रामोशनको क्रममा दुबैको केमेस्ट्री रोचक देखिएको छ ।

फिल्मको सुटिङका क्रममा दुबैबिच झगडा भएपछि फिल्मको सुटिङ नै केही समयका लागि रद्द गर्नुपरेको थियो तर अब प्रामोशनको क्रममा यो जोडीले आफ्नो ध्यान आफूतर्फ खिच्न सफल भएका छन् ।

फिल्मको एक गीत सार्वजनिक गर्नका लागि आयोजना गरिएको कार्यक्रममा रणबीरले कट्रिनालाई ‘चिकनी चमेली’, ‘शीला’, ‘कमली’ जस्ता आइटम गीतमा डान्स गर्नका लागि तयार गराएको बताए । यसमा कट्रिनाले रणबीरतर्फ हेर्दै भनिन्, ‘रक्सी पिएर आएको छौ कि के हो ?’

यसभन्दा अघि प्रोमोशनको क्रममा रणबीर कपूरले फिल्मका निर्देशक अनुराग बसुलाई चुम्बन गर्दा कट्रिनाले निकै घुरेर हेरेका भन्ने खबर सार्वजनिक भएको थियो ।

दुबैबिच ब्रेकअप भइसकेपछि पनि यस्तो प्रकारको केमेस्ट्री देखेर प्रशंसक निकै खुसी भएका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप