शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रभाकर’को आह्वान : विचलित विकृत राजनीतिप्रति घृणा गर्दै युवाहरूबीच हातेमालो गरौँ

मङ्गलबार, २५ फागुन २०७७, ११ : १०
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले लोकतन्त्र कार्यन्वयनको प्रारम्भमै वर्तमान राजनीतिक परिस्थिति कमजोर बन्नुमा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट नेतृत्व विचलित हुनु प्रमुख कारण रहेको बताएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतामा सक्रिय भुमिका निर्वाह गरेका प्रभाकरले सर्वोच्चको फैसलापछि पूर्व एमाले र माओवादी केन्द्र छुट्टिएसँगै यस्तो प्रतिक्रिया दिएका हुन् ।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कमजोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ । आफै भित्र उत्तर खोज्दै जाँदा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्व बाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ ।’ उनले परिवर्तनको मर्मअनुरुप राज्यका संरचनाहरूको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्तास्वार्थ, व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुगेको पनि निश्कर्ष निकालेका छन् ।

‘नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जानु पनि अर्को कारण हो’, उनले युवाहरुलाई आव्हान गर्दै भनेका छन्, ‘राजनैतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योगदानको उच्च सम्मान गर्दै लोकतन्त्र, राष्ट्रियता र जनताका सपनाबाट विचलित विकृत राजनीतिप्रति घृणा गर्दै लोकतान्त्रिक मुल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादी भावना र जनताप्रतिको उत्तरदायित्वपुर्ण आचरणमा प्रतिबद्ध हुँदै समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र  संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो गरौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप