गिनी बिस्फोटमा मारिनेको संख्या ९८ पुग्यो, ६१५ घाइते
याउन्डे । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको विस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन् । गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६१५ जना घाइते भएका छन् ।
मन्त्रालयले घाइतेमध्ये ३१६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने २९९ जना अस्पतालमा उपचार गराइरहेको जनाएको छ । बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको बिस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो । किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो ।
घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए । बाटामा रहेको चिनियाँ स्वास्थ्य टोलीले घाइतेको उद्धारमा सहयोग गर्नुका साथै चिकित्सा उपकरण स्थानीय अस्पताललाई उपलब्ध गराएको थियो । बिस्फोट स्थलको आगो सोमबार अपराह्नसम्ममा नियन्त्रणमा ल्याइएको थियो । गिनीको बाटा शहर सबैभन्दा बढी मानिसको बसोबास रहेको स्थान हो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने
-
वेस्ट इन्डिजको टोली नेपालमा, यस्तो छ भाइरल तस्बिरको वास्तविकता
-
२० तस्बिरमा हेर्नुहोस् गहना खोज्ने जात्रा