शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिभल फल्स पावरको शेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त

मङ्गलबार, २५ फागुन २०७७, १५ : ३०
मङ्गलबार, २५ फागुन २०७७

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ३४,३०,०० कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मंगलबार सम्पन्न भयो ।

सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप