शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रणबीर कपुरपछि सञ्जय लीला भंसाली कोरोना पोजेटिभ, रोकियो आलियाको फिल्मको सुटिङ

मङ्गलबार, २५ फागुन २०७७, १६ : १२
मङ्गलबार, २५ फागुन २०७७

बलिउड अभिनेता रणबीर कपुर कोरोनाद्वारा पोजेटिभ भएपछि अब निर्माता–निर्देशक सञ्जय लीला भंसाली पनि कोभिड–१९ द्वारा ग्रसित भएका छन् । सञ्जय यतिबेला सेल्फ आइसोलेशनमा छन् । फिल्म गंगूबाई काठियावाडीको सुटिङका बेला सञ्जय लीला भंसाली कोरोनाभाइरसद्वारा ग्रसित भएका हुन् । हाल फिल्मको सुटिङ रोकिएको छ ।

गंगूबाई काठियावाडी फिल्मको सुटिङ मुम्बई फिल्म सिटीमा भइरहेको थियो । सञ्जय लीला भंसाली कोरोना पोजेटिभ पाइएपछि फिल्मको सुटिङ बन्द गरिएको छ र सबै कास्ट र क्रुको कोरोना परीक्षण गरिएको छ ।

भारतीय सञ्चार माध्यमले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘सञ्जय लीला भंसाली कोभिड–१९ द्वारा ग्रसित भएका छन् र यतिबेला उनी सेल्फ क्वारेन्टिनमा छन् । आलिया भट्टले पनि आफूलाई क्वारेन्टिनमा राखेकी छिन् । रणबीर कपुर पनि कोरोना पोजेटिभ पाइएका छन् । सञ्जयको सम्पर्कमा आएका सबैले कोरोना परीक्षण गरेका छन् ।’

सञ्जयकी आमा कोरोना नेगेटिभः

स्रोतले सञ्जय लीला भंसालीकी आमाको स्वास्थ्यको जानकारी दिँदै उनी ठिक भएको बताएको छ । स्रोतले भनेको छ, ‘कोरोना पोजेटिभ पाइएपछि सञ्जयले सबैभन्दा पहिला आफ्नी आमाको कोरोनाको परीक्षण गराएका छन् । उनको परीक्षण नेगेटिभ आएको छ र उनी ठिक छिन् तर उनले पनि सावधानी अपनाउँदै आफूलाई आइसोलेशनमा राखेकी छिन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप