शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुलबुले उद्यानमा कर्णाली चिनाउने ‘कर्णाली उत्सव’ सुरु

बुधबार, २६ फागुन २०७७, २२ : ०९
बुधबार, २६ फागुन २०७७

सुर्खेत । कर्णालीलाई चिन्ने र चिनाउने कार्यक्रम ‘कर्णाली उत्सव कुडा कर्णालीका’ को दोस्रो संस्करण बुधबारबाट सुरु भएको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल सुर्खेतको बुलबुले उद्यानमा कार्यक्रम सुरु गरिएको हो । फागुन २९ गते सम्म सञ्चालन हुने उक्त, कार्यक्रमको उद्घाटन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको ईतिहासका बारेमा समिक्षा गर्ने बेला आएको बताए ।

उनले भने, ‘नेपाल भाषा लोप हुने अबस्था आइसकेको छ । खस भाषाबाट नेपाली भाषा उत्पति भएको र अहिले लोप हुने सम्भावना रहेको छ ।’

इतिहासको ज्ञानले भविष्यको समेत निर्धारण गर्ने भएकाले कर्णालीको विगतका बिषयमा जान्न समिक्षा गर्न जरुरी रहेको शाहीले बताए । कर्णालीको विगतको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक अबस्थाको विषयमा जरुरी छ ।’ 

उनले भने,‘विगतमा महङ्गा तामाका भाडा खाना खाने कर्णाली प्रदेशमा नागरिकहरु अहिले ‘प्लाष्टिक ’ थालीमा खान थालेका छन् ।’
विगतका धनी आत्मनिर्भर कर्णाली प्रदेश अहिले कसरी यो अवस्थामा आयो ? उनले प्रश्न गरे । अब यो विषयमा वहस हुन जरुरी छ ।  अरुलाई गाली गरेर कर्णालीको विकास भएन भन्नु गलत छ ।’ मुख्यमन्त्री शाहीले  कर्णालीका नागरिकले आफै आफ्नो समिक्षा गरेर किन हामी पछि पर्याै यसको खोजी कार्य गर्न आवश्यक रहेको कुरामा जोड दिए । 

कर्णाली प्रदेश छुट्टै पहिचान बोकेको प्रदेश हो । कर्णालीका बिषयमा विश्वका धेरै मान्छेले जान्ने, बुझ्ने गरेको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीको सबै अनुसन्धान गर्न सकेको छैन् । अबका दिनका कर्णालीका विस्तृत अध्यापन गर्न जरुरी रहेको छ,’ उनले भने,‘ कर्णाली आफै के हो ? यसको इतिहास के हो ? त्यो कुरा अहिलेका नयाँ पुस्ताले जान्न जरुरी छ ।’

कर्णाली प्रदेशले विगतमा नेपाली भाषा सिकाए जस्तै कर्णाली प्रदेशले आज सभ्यता सिकाउन जरुरी रहेको शाहीको टिप्पणी थियो । ‘कर्णाली प्रदेशले अहिले विकास लगायतका अन्य विषयमा अरुलाई शिक्षा दिन सक्छौं कि सक्दैनौं,’ उनले भने, ‘अब दिनमा हिजो सामाजिक, राजनीतिक, आर्थिक, सास्कृतिक परिवेश जान्नका कर्णालीमा जाने दिन ल्याउन आवश्यक छ ।’

कर्णालीको आम नागरिकले गुन गुनाउने लोकभाका भन्दै ऋति फाउन्डेसनका सह–संस्थापक रेशम बिष्टले ‘कर्णाली उत्सव कुडा कर्णालीका’ दोश्रो सँस्करणका उत्सवको औचित्यबारे जानकारी गराए ।

‘कर्णालीमा अथाह सम्भावना हुँदाहुँदै पनि केवल कर्णाली दक्षिणतर्फ बगिरह्यो । यहाँका दुःख, गरिबी, भोक र गरिवीले हटाउन सकेको छैन् । यहाँका नागरिकहरूका लागि कर्णाली काला पहाड जाने बाटो मात्र बन्यो । कर्णालीलाई हामीले राम्रोसँग चिनेनौँ,’ उनले भने, ‘कर्णालीका लोक साहित्य, अर्थ, राजनीतिक, शासकीय प्रणाली लगायतका बिषयमा मन्थन गर्नका लागि दोश्रो संस्करण उत्सव गर्न लागेका छौं ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले कर्णाली प्रदेशको कला, साहित्य, दर्शनका बिषयमा अध्ययन गर्नका लागि सबै लागिपर्नुपर्ने कुरामा जोड दिए  । 

‘कर्णालीको मौलिकता र यसको इतिहासका बिषयमा सत्यमोहन जोशीलगायतका विद्धानहरूलाई २०२७ सालमा नै अध्ययन गरेका थिए,’ उनले भने,‘कर्णालीका विज्ञहरु, बाहिरका विज्ञहरु विदेशी विज्ञहरु ल्याएर यहाँका बिषयमा अध्ययन गरिनेछ ।’ 

साथै उनले योगी नरहरीनाथको बारेमा जानकारी गराएका थिए । उनले कर्णालीमा योगी नरहरीनाथको योगदानको कदर गर्दै विभुती घोषणा गर्नुपर्ने टिप्पणी गरे  ।

‘कर्णाली घुमाउरो बग्दो लौरी बगाउँदैन ।

बैरागीका बाजा मन डुलि लगाउँदैन ...

कार्यक्रममा कर्णालीसँग सम्बन्धित छाउ र भाउ, बाडो, थाडो र ओटालो, आफ्नै कथा, आफ्नै बान्की, कहरी सुकालो होला, कइले जाला कठै ?, हाट जान्या, भोट जान्या लगायतका शीर्षकमा छलफल हुनेछन् । शुक्रबार कर्णाली घुमाउटो पड्यो, पढ्नु पड्डोछ, साक्षर शिक्षित र प्राज्ञिक, प्राङ्गारिक प्रयास, पुईसाका कुडा, थैलीदेखि बैँकसम्म, पूर्वाधार विकास समृद्ध कर्णालीको पूर्वाधारका विषयमा बहस हुनेछ ।

यस्तै शनिबार पश्चिममा प्रशासक, पश्चिमका प्रशासक, सरकारी गैरसरकारी, लोकतन्त्रको लय र मुख्य मान्ठ, मूल कुडा सेसनमा बहस हुुने तालिका छ । मुख्य मान्ठ, मूल कुडामा कर्णालीका प्रदेशका मुख्यमन्त्री र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बहस गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । कार्यक्रममा कर्णालीलाई चिनाउने तस्विहरु पनि प्रदर्शनी गरिएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप