शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गीता ज्ञानः श्रीमद्भागवतगीताका प्रसिद्ध १० कुरा

बिहीबार, २७ फागुन २०७७, ०७ : ५४
बिहीबार, २७ फागुन २०७७

वेदहरुको तत्व ज्ञान उपनिषद हो र उपनिषदका सार गीता हो । भगवान कृष्णले कुरुक्षेत्रको मैदानमा महाभारत युद्धका बेला अर्जुनलाई जुन ज्ञान दिएका थिए त्यो गीताको नामले चर्चित भयो । गीतामा जीवनको हरेक समस्याको समाधान छ । गीतामा हरेक कुराको ज्ञान छ तर गीता ज्ञानका केही चर्चित १० कुराबारे आज जानकारी लिऔं । 


१. ‘न कोही मर्छ न नै कसैले म  ार्छ, सबै निमित्त मात्रै हुन्... सबै प्राणी जन्म अघि बिना शरीरका थिए, मरणोपरान्त पनि उनीहरु बिना शरीरका नै हुनेछन् । उनीहरु त बीचमा मात्रै शरीर भएका जस्ता देखिन्छन्, तरपनि यसको शोक किन गर्ने ?’

२. आत्मालाई न शस्त्रले काट्न सक्छ न नै त्यसलाई जलाउन सकिन्छ । न पानीले नै भिजाउन सकिन्छ, न नै हवाले सुकाउन सक्छ । 

३. हे अर्जुन ! तिमी शोक गर्न नपर्ने मानिसहरुका लागि शोक गर्छौ । जसको प्राण गएको छ, उसको लागि र जसको प्राण गएको छैन, उनीहरुका लागि पनि पण्डितजन शोक गर्दैनन् । एक न एक दिन सबै मारिनेछन् । आज कोही मरिरहेको छ, भोलि कोही मर्नेछ । यो मृत्युलोक हो र मृत्यु नै सबैभन्दा ठूलो रोग हो । मृत्युलाई छोडेर अमृतबारे सोच ।

४. कर्ममा नै तिम्रो अधिकार छ तर कर्मको फलमा कहिल्यै छैन... त्यसैले फल प्राप्त गर्नका लागि कर्म नगर । जसको मन आफ्नो वशमा छ, जो वैरागी एवं विशुद्ध अन्तःकरणयुक्त छन् र सम्पूर्ण प्राणीको आत्मरुप परमात्मा नै जसको आत्मा छ, यस्ता कर्मयोगी कर्म गर्दै गर्दा पनि लिप्त हुँदैन । कर्मको कुशलतालाई नै योग भनिन्छ । 

५. क्रोधले मनुष्यका मती मर्छ अर्थात् मुढो जस्तै हुन्छ जसले स्मृति भ्रमित हुनेगर्छ । स्मृति–भ्रम हुँदा मनष्यको बुद्धि नष्ट हुन्छ र बुद्धि नष्ट हुँदा मनुष्यले आफैंलाई हानी पुर्याइरहेको हुन्छ । 

६. हे अर्जुन ! सबै धर्म त्यागेर अर्थात् हरेक आश्रयलाई त्यागेर मात्रै मेरो शरणमा आउ, म तिमीलाई सबै पापबाट मुक्ति दिलाउनेछु, त्यसैले शोक नगर । ... मायाद्वारा जसको ज्ञान हारिसकेको छ, यस्ता आसुर–स्वभाव धारण गरेका र नीच, दूषित कर्म गर्ने मुढा सरहका मनुष्यले मेरो भजन गर्दैनन् । .... तर ती अल्प बुद्धि भएकाहरुको त्यो फल नाशवान छ र ती देवताको पूजा गर्ने देवताहरुले प्राप्त गर्छन् र मेरा भक्तले मेरो भजन जसरी गरेपनि अन्त्उमा उनीहरुलाई मैले नै प्राप्त गर्छु  ।

७. काम, क्रोध तथा लोभ – यी तीन प्रकार नर्कको द्वार हुन् । आत्मा नाश गर्ने अर्थात् यसलाई उधोँगतिमा लैजाने बाटा हुन् । त्यसैले यी सबै त्याग्नुपर्छ । 

८. श्री भगवान भन्छन्, ‘म लोकको नाश गर्नका लागि ठूलो भएको महाकाल हुँ । यतिबेला यी लोकलाई नष्ट गर्नका लागि प्रवृत्त भएको छु । त्यसैले जो प्रतिपक्षी सेनाका योद्धा छन्, उनीहरु तिमी बिना पनि रहने छैनन् अर्थात् तिमीले युद्ध नगर्दा पनि यी सबैको नाश हुने नै छ ।’

९. जगतका यी दुई प्रकार – शुक्ल र कृष्ण पक्षलाई सनातन मानिएको छ । यसमध्ये एउटा द्वारमा गएका (मृत्यु प्राप्त भएका) फिर्ता हुनु पर्दैन, उनीहरुले परमगति प्राप्त हुन्छन् र अर्को द्वारमा गएका फिर्ता हुन्छन् अर्थात् जन्म–मृत्यु प्राप्त गर्छन् । 

१०. अब गीताको सार पढ्नुहोस्ः

– किन व्यर्थ चिन्ता गर्छौ ? कोसँग व्यर्थ डराउँछौ ? तिमीलाई कसले मार्न सक्छ ? आत्मा न जन्मन्छ न मर्छ नै । 

– जे भयो, त्यो राम्रो भयो, जे भइरहेको छ, त्यो राम्रो भइरहेको छ, जे हुन्छ, त्यो पनि राम्रो हुन्छ । तिमी भूतमाथि पश्चाताप् नगर्नुहोस् । भविष्यको चिन्ता नगर । वर्तमान चलिरहेको छ । 

– तिमी किन रोइरहेको छौ ? तिम्रो के गयो ? तिमीले के ल्याएका थियौ र गुमायौ ? तिमीले के पैदा गर्यौ जुन नाश भयो ? तिमीले केही पनि लिएर आएका थिएनौ, जे लियौ यहिँबाट लियौ । जे दियौ, यहिँ दियौ । जे लियौ, यसै (भगवान) बाट लियौ । जे दियौ, यसैलाई दियौ ।’

– खाली हात आयौं र खाली हात गयौं । आज जे तिम्रो छ, हिजो अरु कसैको थियो, पर्सी कसैको हुनेछ । तिमी यसलाई आफ्नो ठानेर मग्न भइरहेका छौ । यहि प्रशन्नता तिम्रो दुःखको कारण हो । 

– परिवर्तन संसारको नियम हो । जसलाई तिमीले मृत्यु ठानिरहेका छौ, त्यहि त जीवन हो । एक क्षणमा तिमी करोडौंको स्वामी बन्छौ र दोस्रो क्षणमा नै तिमी दरिद्र हुन्छौ । तेरो मेरो, सानो ठूलो, आफ्नो पराइ – यस्ता कुरा मनैदेखि हटाउ । त्यसपछि सबै तिम्रो, तिमी सबैको  ।

– यो शरीर न तिम्रो हो न तिमी शरीरको हौ । यो अग्नी, जल, पृश्वी, आकाशले बनेको छ र यो यसैसँग मिल्नेछ । तर आत्मा स्थिर छ – तिमी के हौ ?

– तिमीले आफूले आफैंलाई भगवानलाई अर्पित गरे । यो सबैभन्दा उत्तम सहारा हो । जसले यो सहारा बुझ्छन् उनीहरु भय, चिन्ता र शोकबाट सर्वदा मुक्त हुन्छन् । 

– तिमीले जे पनि गर्छौ, त्यो भगवानलाई अर्पण गर्दै जाउ । यसो गर्दा सधैं जीवनमुक्तको आनन्द अनुभव गर्नेछौ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप