इतिहासमा आजः महान् वैज्ञानिक आइन्स्टाइन जन्मेको दिन
आज १४ मार्च । आजकै दिन १४२ वर्ष अघि सन १८७९ मा जन्मेका थिए महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन । यी सैद्धान्तिक भौतिक वैज्ञानिक (theoretical physicist) नभएको भए विज्ञान त हुन्थ्यो तर त्यसको स्वरुप, त्यसको उँचाइ के कस्तो हुन्थ्यो, हामी त्यसको अनुमान लाउन सक्दैनौँ ।
१८ अप्रिल, १९५५ मा यस जगतबाट बिदा हुनुपूर्व विज्ञानका क्षेत्रमा उनले गरेका तमाम अध्ययन, अनुसन्धान, खोजले उनलाई विज्ञानका विभिन्न शाखामा कहिल्यै विस्मृत नहुने गरी स्थापित बनाइसकेको थियो । विज्ञान जगतका अनेकौँ खोज उनको मृत्यु पश्चात् भए । तर तीमध्ये धेरै खोज उनले प्रस्तुत गरेका सिद्धान्तमाथि टेकेर भए।
‘म प्रतिदिन यस कुराको प्रत्यक्ष अनुभव गर्छु, मेरो भित्री र बाहिरी जीवनको निर्माणमा अनगिन्ती मानिसका हात र मस्तिष्कको भूमिका एवम् सहयोग रहेको छ । यस अनुभूतिको उद्दीपनले मेरो अन्तःकरण सधैँ नै मलाई घचेटी रहेको हुन्छ । म कम्तिमा समाज र विश्वलाई यति त दिन सकौँ जति मैले यसबाट लिएको छ,’ आइन्स्टानको यो महावाणी अझै सान्दर्भिक छ । हामी सबैले आइन्स्टाइनको यस महावाणीलाई आत्मसात गर्न सके हाम्रो आफ्नो जीवन परिवर्तित हुनुका साथै शायद विश्व नै हामीले कल्पना गरेजस्तै सुन्दर शान्तभूमि बन्ने थियो ।
'Imagination is more important than knowledge. Knowledge is limited. Imagination encircles the world.'
‘कल्पना ज्ञान विज्ञानभन्दा पनि महत्त्वपूर्ण छ । ज्ञानको सधैँ सीमाना हुन्छ । कल्पना अनन्त ब्रह्माण्डको ढोका उघारी रहेको हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु