यस्तो देखियो नेफ्टा अवार्डको रेड कार्पेट, तस्विरमा हेर्नुहोस्
काठमाडौंँ । ‘१० औं नेफ्टा अवार्ड’ शनिबार सम्पन्न भएको छ । होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न सेलिब्रेटीको सहभागिता रहेको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको समेत सहभागिता रहेको कार्यक्रममा थुप्रै कलाकर्मी आकर्षक पहिरनसहित रेड कार्पेटमा देखिएका थिए । कार्यक्रममा सदाबहार अभिनेत्री करिस्मा मानन्धर रातो कलरको गाउनमा सजिएर पुगेकी छन् । उनले लगाएको गाउन र उनको सौन्दर्यको समेत चर्चा भएका थियो ।
कार्यक्रममा अभिनेत्री विपना थापा पनि सहभागी थिइन् । विवाह पछि श्रीमान्को देश भारतमा रहदै आएकी थापाले लामो समयपछि नेपाली फिल्मको कार्यक्रममा सहभागी जनाएकी हुन् ।
विपना र करिश्मा मात्र होइन अभिनेत्री रेजिना उप्रेती, झरना थापा, गौरी मल्ल, दीपाश्री निरौला, माल्भिका लगायत थुपै्र कलाकार आकर्षक पहिरन सजिएर कार्यक्रममा सहभागी जनाएका थिए ।
कार्यक्रममा विभिन्न तीन दर्जन बढी कलाकर्मीले अवार्ड र सम्मान हात पार्न सफल भए । अवार्ड समारोह चलचित्र प्राविधिक संघले आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार