कपिलवस्तुमा प्रमुख तीन दलद्वारा उम्मेदवार सिफारिस : को–को छन् सूचीमा ?
कपिलवस्तु । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् । तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा लामो कसरत पछि तीन ठूला दलले उम्मेदवारको नाम टुङ्गो लगाएका हुन् ।
नेपाली काँगे्रस
यसै हप्ता मात्रै भारतका लागि नेपाली राजदुतबाट राजीनामा दिएका दीपकुमार उपाध्यायसहित सांसद अतहर कमाल तथा पूर्व मन्त्री कमलेश शर्माको नाम प्रतिनिधि सभा क्षेत्र नं. १ को लागि सिफारिस गरिएको छ ।
यसैगरी क्षेत्र नम्बर २ बाट पार्टी सभापति एवम सांसद सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्र न. ३ बाट हालै संघीय समाजवादी फोरम परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने भनेका सांसद अभिषेक प्रताप शाहको नाम सिफारिस गरिएको सभापति सुरेन्द्रराज आचार्यले जानकारी दिए ।
नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिकका लागि १५ जना र प्रदेशका लागि ६० जनाको नाम पठाएको छ ।
नेकपा एमाले
एमाले क्षेत्र नम्बर १ बाट विष्णु पन्थि, सांसद बलराम अधिकारी, शारदा पोखरेल र हिरालाल पौडेलको नाम सिफारिस गरेको छ । त्यस्तै २ बाट राजपाबाट विद्रोह गरी सूर्य चिन्ह लिएर लड्ने सहमति गरेका सांसद वृजेश कुमार गुप्ताको एकल नाम सिफारिस गरिएको छ ।
३ न. क्षेत्रबाट महादेव पोख्रेल, क्षेत्र बहादुर खत्री , निसा विक, सुसिला खनाल, अहमद अब्दुल रउफको नाम सिफारिस गरिएको एमाले उपाध्यक्ष बाबुराम खनालले जनकारी दिए । प्रतिनिधि सभाको समानुपातिक तर्फ ९ जना र प्रदेश तर्फ १९ जनाको नाम पठाएको एमालेले जनाएको छ ।
माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले १ नम्बर क्षेत्र बाट प्रतिनिधि सभामा हालका लेखा समिति सभापति डोर प्रसाद उपाध्यायको नाम सिफारिस गरेको छ । क्षेत्र न. २ बाट गिरीधरीलाल न्यौपाने तथा जिल्ला स.इन्चार्ज रुद्रलाल बन्जाडेको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र ३ बाट माओवादी स्थायी समिति सदस्य चन्द्रपाणी खनाल (बलदेव) र शिव प्रसाद जैसवालको नाम पठाएको माओवादी केन्द्रले जनाएको छ ।
प्रदेश सभामा विष्णु वेल्वासे, सन्तोषी पाण्डे, जावेद मुसलवानको मात्रै नाम टुङगो लागेको बताएको छ ।
स्रोतका अनुसार एमाले र माओवादीसहित नयाँ शक्तिको समिकरणका कारण कुन क्षेत्रबाट को लड्ने भन्नेमा जिल्ला तहमा छलपल भइरहेको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा पहिलो पटक कोदोबारे अन्तर्राष्ट्रिय बहस
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’
-
गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम