शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा १५ वर्षकी किशोरीलाई १८ जनाभन्दा धेरैले गरे ९ दिनसम्म बलात्कार

मङ्गलबार, ०३ चैत २०७७, १६ : ४४
मङ्गलबार, ०३ चैत २०७७

एजेन्सी । भारतको राजस्थानस्थित कोटाबाट एक १५ वर्षकी किशोरीलाई झालावाड लगेर १८ जनाभन्दा धेरै बलात्कारीले ९ दिनसम्म बलात्कार गरेका छन् । जब यी किशोरी पीडाले चिच्याउँथिन्, तब उनलाई नशाको डोज दिइन्थ्यों । त्यतिबेला पनि नमान्दा नराम्रोसँग कुटिन्थ्यो । घर पुर्याइदिन याचना गर्दा उनलाई चक्कू देखाएर धम्क्याइएको थियो । 

पीडितका अनुसार उनले चिनेकी उनका साथीहरुले ब्याग किनिदिने बहानामा कोटास्थित सुकेतबाट झालावाड लगेका थिए । त्यहाँ उनलाई बलात्कारीहरूको हवाला गरियोे, त्यसपछि ९ दिनसम्म घर, होटल, निर्माणाधीन पसल र खेतमा कैयौंपटक बलात्कार गरियो । ५ मार्चमा त्यसपछि सुकेत फिर्ता गरियो ।

पुलिसले रिपोर्ट दर्ता गरेन 

६ मार्चमा पुलिस रिपोर्ट दर्ता गर्नका लागि विधवा आमासँगै पीडित चौकीमा गइन् । तर धेरैपटक थानामा जाँदा पनि रिपोर्ट दर्ता भएन । बरु, उल्टै पुलिसले भगाइदिएको पीडितका दाजुको आरोप छ । पीडितकी आमाले यी बलात्कारीहरूलाई फासीको सजाय हुनुपर्ने माग गरेकी छिन् । अहिलेसम्म ४ नाबालिगसहित २० जना शंकास्पदहरु पक्राउ परिसकेका छन् । रामगन्जमन्डीका डिएसपी मञ्जित सिंहले १–२ दिनमा बाँकी सबै शंकास्पद आरोपितहरुलाई पक्राउ गरिने बताएका छन् ।  

के भन्छिन् पीडित बालिका ?

पीडितका अनुसार २५ फेब्रुअरीमा ब्याग किनिदिने बहानामा दुुई साथी बुलबुल र चौथमलले उनलाई सुकेतबाट झालावाड लगेका थिए । त्यहाँ एउटा पार्कमा केही केटाहरु बसेका थिए । तर, उनीहरुको नाम पीडितलाई थाहा छैन । नब्बू, सोनू (नाम परिवर्तन) र अर्का एक युवक थिए, जसलाई बुलबुलले उस्ताद भनेर बोलाउँथिन् । रातको नब्बूले स्कुटीमा उनलाई एक कोठामा लगे । त्यहाँ स्थानीयले हंगामा गरेपछि नब्बू भागे र प्रहरीले बालिकालाई पक्रियो । त्यसपछि नाम– ठेगाना बुझेर छाडिदियो । 

भागेर पार्कमा आएकी बालिकाले त्यहाँ फेरि नब्बू, सोनू र साहिललाई भेटिन् । साहिलले स्कुटरमा राखेर गागरोन लगे, नब्बू र सोनू पनि गागरोन आइपुगे । राती झन्डै १२ बजे झालावाड ल्याए र एक निर्माणाधिन पसलको दोस्रो तलामा नब्बूले बलात्कार गरे । अपांगता भएको जस्तै देखिने अर्को एक युवकले त्यसपछि होटलमा लगे, त्यहाँ पुरै रात बलात्कार गरे । 

बिहान ६–७ बजे फेरि मन्डी चौराहस्थित पार्कमा साहिलले युवतीलाई लगे । त्यहाँ राजासँग भेटाइदिए । राजाले छोटूलाई बोलाए । छोटूले मोटरसाइकलमा कुनै होटलमा लगे, जहाँ धेरै युवक थिए । उनीहरु नशामा थिए । राजाले शाहरुखसँग भेटाए । उसले होटलमा लगे, तर होटलवालाले पीडितको उमेर सोधे । त्यसपछि, नाबालिग रहेको भन्दै फर्काइदिए । त्यसपछि शाहरुख र राजाले आफ्ना साथीको घर लगे । 

दुबैले दुर्व्यवहार गरे । त्यहाँबाट साहिलर अर्का एक युवकले कारमा गागरोन लगे । त्यहाँबाट साहिलले आफ्नो साथीसँग लग्यो । त्यहाँ पनि तीनैजनाले दुर्व्यवहार गरे । अस्वीकार गर्दा साहिदलले थप्पड हाने, नशालु पदार्थ खुवाइदिए । त्यसपछि फेरि त्यही पार्कमा ल्याए । जहाँ बुलबुल र चौथमल पनि थिए । त्यसपछि झालावाड ल्याएर चिन्टुसँग छाडिदिए । बिट्टू र चिन्टूले पनि रातभर बलात्कार गरे । बिट्टू गइसकेपछि उसका दुुई सालाहरुले पनि रातभर बलात्कार गरे । 

बिहान नाना नामक पूरुषले लिएर गए । दिनभर गागरोन घमाइरहे, त्यसपछि खेतमा लगेर बलात्कार गरे । चक्कू देखाएर तर्साउने काम गरिरहे । बिहान नानाले त्यही पार्कमा छाडिदिए, जहाँ सोनूसँग पीडितको भेट भएको थियो । छोटू पनि आयो । उनीसँगै अर्का एक युवक थिए । छोटूसँगै आएको त्यस युवकले बालिकालाई लिएर गयो ।

कुनै कोठामा लगेर छोटू र उनका साथीले बलात्कार गरे । घरबेटीले पनि बलात्कार गर्न खोजे, तब पीडित चिच्याइन् र घरबेटीले सबैलाई भगाइदिए । त्यसछि फद्दू भेटियो । सोनूको साथी डिके पनि आयो, उसले पनि रातभर दुष्कर्म गर्यो । डिकेले बिहान फेरि एक पार्कमा लिएर गयो । त्यहाँ उसले छोड्नासाथ सोनू आइपुग्यो । सोनूसँग अर्को एक युवक पनि थियो । उनीहरुले आँखामा पट्टी लगाइदिएर कतै लगे, जहाँ सोनूले बलात्कार गर्यो । त्यसपछि अन्य तीन केटा आए, सोनूले उनीहरुलाई नै बालिका सुम्पिदियो । यी केटाहरुले गागरोन लिएर गए, नशालु पदार्थ खुवाए । गागरोनमा बुलबुल, चौथमल र नाना आइपुगे । उनीहरुलाई देखेपछि तीनै जना केटाहरु भागे । 

यसपछि उनीहरुले सुकेत लिएर आए । बालिकाको अवस्था निकै खराब थियो, उनी २४ घण्टासम्म सुतेको सुत्यै भइन् । ९ दिनसम्म उनी राम्ररी सुतेकी थिइन् र नशामा पनि थिइन् । अर्को दिन उनले आमासँग प्रहरी चौकी गएर रिपोर्ट लेखाइन् ।

पुलिसको कारबाहीबारे उठेका ३ प्रश्न 

– पीडितका दाजुका अनुसार बालिका गायब भएपछि उनीहरु दुईपटक पुलिस थाना पुगेका थिए, तर दुबै पटक उनीहरुलाई त्यहाँबाट भगाइयो । यदि पुलिसले यो घटना दर्ता गरेर बालिकाको खोजी गरेको भए यस्तो अवस्था आउने थिएन । 
–झालावाडमा स्थानीयले हंगामा गरेपछि पुलिस आयो र बालिकालाई नाम सोधेर निस्कन थियो । यदि,त्यतिबेलै पुलिसले जिम्मेवारी सम्झेर नाबालिगलाई सुरक्षित उसको घर पुर्याइएको भए, बलात्कार हुने थिएन । 

– जुन होटलमा बलात्कार भएको थियो, त्यस होटलका मालिक तथा बलात्कारीका साथीभाई र आफन्तलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गरेको छैन । यद्यपि,कोटा ग्रामीणका एसपी शरद चौधरीले गम्भीरताका साथ घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।  –दैनिक भाष्करबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप