मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एक महिनामा सक्रिय संक्रमित ६३ प्रतिशत बढेः एकैदिन २९ हजार भेटिए, विभिन्न स्थानमा कर्फ्यू

बुधबार, ०४ चैत २०७७, १७ : ११
बुधबार, ०४ चैत २०७७

भारतमा मंगलबार एकैदिन कोरोनाका २८,८६९ संक्रमित भेटिएका छन् । यो यस वर्षको सबैभन्दा धेरै आँकडा हो । यसअघि यति संक्रमित अघिल्लो वर्ष १५ जुलाईमा भेटिएका थिए ।

यस्तै कोरोनाको संक्रमण बढ्न थालेपछि गुजरातका चार शहर –अहमदाबाद, सूरत, वडोदरा र राजकोटमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।

यस्तै, मध्यप्रदेशको राजधानी भोपाल र इन्दौरमा बुधबारदेखि नाइट करफ्यू लगाउने निर्णय गरिएको छ । जबलपुर, ग्वालियर, उज्जैन, रतलाम, छिन्दवाडा, बैतूल, खरगोनमा राती १० बजेदेखि बजार बन्द रहनेछ । यो शहरमा कर्फूजस्तो स्थिती रहनेछैन तर व्यापारिक बजार अनिवार्य रुपमा बन्द हुनेछ ।

भारतमा कोरोना पुनः तीब्र रुपमा बढिरहेको  कुरा पछिल्लो एक महिनामा सक्रिय संक्रमितको संख्या ६३ प्रतिशतभन्दा बढीको बढोत्तरीमार्फत् पुष्टि हुन्छ । १५ मार्चमा सक्रिय संक्रमितको यो आँकडा बढेर सवा दुई लाख पार गरेको छ । दुई महिना अघि अर्थात् ८ जनवरीको आसपास सक्रिय बिरामी सवा दुई लाख थिए ।

फ्रान्स, इटली र ब्राजिलमा पनि स्थिति गम्भीरः

फ्रान्सः

फ्रान्समा कोरोनाका बिरामीले आइसीयू भरिएका छन् । बिरामीलाई विमानमा राखेर अन्य शहरमा लगिएको छ । अब सयभन्दा बढी बिरामीलाई पेरिसका अन्य शहरमा पुर्याइएको छ ।

इटलीः लकडाउन पछि नयाँ बिरामी घटे

इटलीमा सोमबार लगभग पूरा देशमा लकडाउन लागू गरिएको छ । मंगलबार यहाँ पछिल्लो २४ घण्टामा १५,२६७ नयाँ बिरामी भेटिए । अघिल्लो हप्ता यहाँ २५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए । युरोपमा कोरोनाको तेस्रो लहर आएपछि स्थिति खराब भएको छ ।

ब्राजिलः चौथो स्वास्थ्यमन्त्री फेरिएः

कोरोना कालमा ब्राजिलले चौथो पटक आफ्नो स्वास्थ्यमन्त्री फेरेको छ । विशेषज्ञका अनुसार ब्राजिल सरकारले कोरोनालाई सबैभन्दा खराब तरिकाले सम्हालेको छ । यहाँ सबैभन्दा धेरैको मृत्यु भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप