शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दूध र चियापत्तीको सट्टामा सुन्तलाको बोक्राको चिया

शनिबार, ०७ चैत २०७७, ११ : ३१
शनिबार, ०७ चैत २०७७

सामान्यताः धेरैजसो व्यक्तिहरु चियाको सौखिन हुन्छन् । थकावट कम गर्न चिया पिउने गरिन्छ । धेरै जसो व्यक्तिहरु चियामा दूध र चियापत्ती हालेर पिउने गर्छन् । तर, यस्तो चियाको पिउँदा एसिडिटी, ग्यास जस्ता समस्याहरु आउँछन् । दैनिक चिया पिउनेहरुका लागि सुन्तलाको बोक्राको चिया पिउने गर्नुपर्छ । यो चिया स्वादमा मिठो हुने मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक छ । 

आवश्यक सामाग्री :
सुन्तलाको बोक्रा – 1/2 
पानी – 1/2 कप 
गुड - स्वादअनुसार 
ल्वागं - २ देखि ३ वटा 
अलैँची - १ देखि २ 
दालचिनी - १ देखि २ इन्च टुक्रा 

चिया बनाउने विधि :
१. सबैभन्दा पहिले सुन्तलाको बोक्रा धुने 
२. गुडबाहेक सबै सामाग्री चिया पकाउने भाँडोमा हाल्ने 
३. २ देखि ३ मिनेटसम्म उमाल्ने 
४.पानीको रगं परिवर्तन नहुँदासम्म  पानी तताउने र बाहिर निकाल्ने 
५. त्यसलाई कपमा हालेर गुड हालेर पिउने 

फाइदाः
सुन्तलाको बोक्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाइरल, एन्टिक्यान्सर जस्ता गुणहरु पाइन्छन् । यसको सेवनले क्यान्सरको समस्याबाट बचाउँछ । यसका साथै यसले मधुमेह पनि नियन्त्रण गर्छ । यसले मधुमेहको बिरामीको शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ । 

यस्तै, यसले मेटाबोलिज्म बढाएर शरीरमा अनावश्यक बोसो लाग्न दिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप